रास्वपाले भन्यो- बिचौलिया जोगाउन सरकारले कुलमानलाई निकाल्यो   « Khabarhub

रास्वपाले भन्यो- बिचौलिया जोगाउन सरकारले कुलमानलाई निकाल्यो  


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । 

दैनिक नेपाली जनतालाई अँध्यारोबाट मुक्त गराउन महत्वपूर्ण योगदान दिएका घिसिङलाई बदनियतपूर्ण तरिकाले बर्खास्त गर्न लागेको भन्दै ध्यानाकर्षण जनाएको हो । रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिचौलियाहरूको संरक्षण गर्न घिसिङमाथि कारबाही गरिएको उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ दैनिक १८ घण्टा लोडसेडिङ खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मूख्य भूमिका निभाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी कुलमान घिसिङलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेको समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको छ । 

यस्ता जनविरोधी कदमहरूले देशमा देशमा केही गरौँ भन्ने युवाहरू निरुत्साहित भएको पार्टीको ठहर छ । 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : ३१ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र