रास्वपाले भन्यो- बिचौलिया जोगाउन सरकारले कुलमानलाई निकाल्यो   « Khabarhub

रास्वपाले भन्यो- बिचौलिया जोगाउन सरकारले कुलमानलाई निकाल्यो  


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । 

दैनिक नेपाली जनतालाई अँध्यारोबाट मुक्त गराउन महत्वपूर्ण योगदान दिएका घिसिङलाई बदनियतपूर्ण तरिकाले बर्खास्त गर्न लागेको भन्दै ध्यानाकर्षण जनाएको हो । रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिचौलियाहरूको संरक्षण गर्न घिसिङमाथि कारबाही गरिएको उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ दैनिक १८ घण्टा लोडसेडिङ खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मूख्य भूमिका निभाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी कुलमान घिसिङलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेको समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको छ । 

यस्ता जनविरोधी कदमहरूले देशमा देशमा केही गरौँ भन्ने युवाहरू निरुत्साहित भएको पार्टीको ठहर छ । 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : ३१ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

गण्डकी– आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई

चालकको स्वास्थ्यसँग यात्रुको जीवन : कता छ राज्यको ध्यान ?

काठमाडौँ – सडकमा दिनहुँ गुडिरहेका हजारौँ सवारीसाधन केवल गन्तव्यतर्फ बढिरहेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।