हितेन्द्रदेवको तर्क- मैले न्याय पाएँ, अब लोडसेडिङ हुँदैन, चाँडै सकारात्मक नतिजा आउँछ « Khabarhub

हितेन्द्रदेवको तर्क- मैले न्याय पाएँ, अब लोडसेडिङ हुँदैन, चाँडै सकारात्मक नतिजा आउँछ


११ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।

मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर नवनियुक्त प्रबन्ध निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन् ।

प्राधिकरणमा पुग्दा कर्मचारीहरूले शाक्यलाई स्वागत गरेका थिए । पदभार ग्रहण गरेपछि शाक्यले न्याय पाएको बताए ।

उनले यसघिको आफ्नो योजनाअनुसार प्राधिकरणलाई अघि बढाउने बचन दिए ।

उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिक रुपमा समाधान गर्ने जिकिर गरे ।

शाक्यले लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको बताए । उनले जनताको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारेका छन् ।

उनले दुई हप्ताभित्र केही सकारात्मक नजिता देखिने गरि काम गर्ने उल्लेख गरे । शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका विषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दाबी गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई कार्यकाल प्राधिकरण सम्हालेका कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ८ : १४ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको