प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध « Khabarhub

प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गरेको छ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज एक विज्ञप्ति जारी गरी पार्टीले यस किसिमको निर्णय तत्काल फिर्ता लिन जोडदार माग गरेको जानकारी दिए ।

‘यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो । यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ । यस प्रकारको अन्यायपूर्ण निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।

घिसिङलाई हटाउने निर्णय गरेसँगै पार्टीबारे पनि प्रायोजित दुष्प्रचार गरिएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई पार्टी खारेज गर्दछ ।’

आम नागरिकमा भ्रम सिर्जना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न चेतावनी दिँदै यस प्रकारका दुष्प्रचारबाट भ्रमित नहुन माओवादी केन्द्रले सबैमा आग्रह समेत गरेको छ । रासस

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ८ : ३१ बजे

दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

खोटाङ– आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङको

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

काठमाडौं– नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

फिल्म क्षेत्र थला पर्ने कारक बन्नसक्छ कांग्रेसको फुट !

काठमाडौं – देशका सकारात्मक वा नकारात्मक दुवै मुख्य घटनाको असर

देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं– एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग