सर्वोच्चको आदेश शिक्षक नेताको हठ विरुद्ध : पोखरेल  « Khabarhub

सर्वोच्चको आदेश शिक्षक नेताको हठ विरुद्ध : पोखरेल 


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षकहरूसँग अनौपचारिक रुपमा भएका सहमतिलाई औपचारिकता दिएर विद्यालय फर्काउने वातावरण तयार गर्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले सर्वोच्च अदालतले बालबालिकाको भविष्यप्रति गम्भीर चिन्ता गर्दै दिएको निर्देशनात्मक आदेश शिक्षकको हठ विरुद्धमा रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएछ । कतिपय शिक्षक नेताहरू उक्त आदेश सरकारका लागि हो भनेर तर्क गरिरहनु भएको छ । हो आदेश त सरकारलाई हो । तर चिन्ता विद्यालय बन्द भएको कुरा प्रति हो । त्यसमाथि सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट जारी गर्छौँ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरूको हठका विरुद्धमा हो ।’ 

अदालतको आदेशपछि सरकारलाई आदेश कार्यान्वयन गर्नुपर्ने वाध्यता उत्पन्न भएको उल्लेख गर्दै उनले उक्त आदेशको मूल पक्ष विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नु भन्ने रहेकाले सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताएका छन् । 

सर्वोच्चले आन्दोलनरत शिक्षकहरुलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण निर्माण गर्न शुक्रत्रबार सरकारलाई आदेश दिएको थियो । आदेशमा कक्षा १२ को परीक्षा समयमै सम्पन्न गर्न भनि भनिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ८ : ५९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५