साताको शेयर समीक्षा : ४१ अर्बको कारोबार, ६४ अंकले घट्यो नेप्से « Khabarhub

साताको शेयर समीक्षा : ४१ अर्बको कारोबार, ६४ अंकले घट्यो नेप्से


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्षको दोस्रो साता अर्थात् वैशाख ७ गतेदेखि ११ गतेसम्म ५ दिन शेयर बजार पूर्णरुपमा चलायमान भयो । पूरा दिन शेयर बजार सक्रिय हुँदा समेत बजारले ओरालो यात्रामै खुम्चनुप¥यो ।

सातामा ५ दिन शेयर कारोबार हुँदा ४ दिन बजार घट्यो भने एक दिन बजार बढ्यो । यो साता समग्रमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४ अंकले घट्यो ।

अघिल्लो साताको बिहीबार नेप्से परिसूचक २७२२.७३ विन्दुमा थियो भने यो साताको बिहीबारसम्म आइपुग्दा घटेर ६४.७१ विन्दुले घटेर २६५८ विन्दुमा आयो । दैनिक औसतमा हेर्दा १२.९४२ अंककले नेप्से घट्यो ।

यो साता ४० अर्ब ९८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसतमा भने ८ अर्ब १९ करोड ७० लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भयो । कारोबारको हिसाबले यो औसत नै रह्यो ।

सातामा पूरै १० करोड ३३ लाख १५ हजार ३९४ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा २ करोड ६ लाख ६३ हजार ८९ कित्ता शेयर कारोबार भयो ।

सातामा ३ लाख ५९ हजार २६० पटक शेयर किनबेच हुँदा दैनिक औसतमा ७१ हजार ८५२ पटक शेयर किनबेच भयो । ५ दिनको अवधिमा कारोबारमा आएको कम्पनीको आधारमा दैनिक अ‍ौसतमा ३१६ वटा कम्पनी कारोबारमा आयो ।

कुन दिन कस्तो थियो बजार ?

यो साताको पहिलो दिन बजारले राम्रो रूपमा सुरुवात गरेको थिएन । अघिल्लो साता पुरै हरियाली भएको शेयर बजार यो साताको सुरुवाती दिनदेखिकै घट्न थालेको थियो । आइतबार नेप्से १६.६८ अंकले घटेर २७०६ विन्दु आएको थियो ।

उक्त दिन नेप्से ०.६१ प्रतिशतले घट्दा बजारमा ३१ अंकको उतारचढाव आएको थियो । आइतबार नेप्से परिसूचक उच्चतम २७३१.८१ विन्दु र न्यूनतम २७००.८५ विन्दुमा पुगेको थियो ।

बजार रातामय भएसँगै अघिल्लो बजार अवधि भन्दा कारोबार २ अर्बले घटेको थियो । आइतबार बजार घट्दा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँ बराबरको २ लाख १३ लाख २३ हजार ९६७ कित्ता शेयर ७४ हजार ४५ पटक कारोबार भएको थियो । आइतबार दिनभरमा ३२८ कम्पनीको शेयर कारोबारमा आएको थियो ।

बजारको रातो झन्डा सोमबार पनि कायम रहेको थियो । सोमबार पनि नेप्से ७.७५ अंकले घटेको थियो । उक्त दिन ०.२८ प्रतिशतले बजार घट्दा बजारमा २६ अंकको उतारचढाव देखिएको थियो ।

सोमबार नेप्से परिसूचक उच्चतम २७१६.८१ विन्दु र न्यूनतम २६९१ विन्दुसम्म पुगेको थियो ।

सोमबार बजार घटे पनि कारोबार रकम भने केही वृद्धि भएको थियो । उक्त दिन ८ अर्ब ७७ करोड ५७ लाख २० हजार रुपैयाँ बराबरको २ करोड १३ लाख ३ हजार ७६६ कित्ता शेयर ७८ हजार ६७८ पटक किनबेच भएको थियो । सोमबार दिनभरमा ३१९ वटा कम्पनी कारोबारमा आएको थियो ।

बजारको ओरालो यात्रा मंगलबार पनि कायम रहेको थियो । मंगलबार नेप्से एकै दिन ९.९६ अंकले घटेर परिसूचक २६८८.३२ विन्दुमा आएको थियो । मंगलबार पनि बजारमा ३० अंकको उतारचढाव देखिँदा नेप्से ०.३६ प्रतिशतले घटेको थियो ।

मंगलबार नेप्से परिसूचक उच्चतम २७०७.८६ विन्दु र न्यूनतम २६८२.८० विन्दुमा पुगेको थियो ।

बजारको घटाइ निरन्तर हुन थालेपछि भने कारोबार रकममा पनि बिस्तारै गिरावट आउन थालेको थियो । मंगलबार ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर ७१ हजार ६९४ पटक किनबेच भएको थियो ।

मंगलबारको बजारमा ३१९ वटा कम्पनी कारोबारमा आएको थियो ।

बजारको घट्ने क्रम बुधवार पनि कायम हरेको थियो । सातामा सबैभन्दा बढी बुधवारनै बजारमा गिरावट आएको थियो । उक्त दिन नेप्से ३२.३८ अंकले घट्दा नेप्से परिसूचक २६५५.९४ विन्दुमा झरेको थियो ।

बुधवार नेप्से १.२० प्रतिशतले घट्दा दिनभरि बजारमा करिब ४० अंकको उतारचढाव देखिएको थियो ।

बजार निरन्तर चौथो दिन पनि घटेपछि कारोबार रकमा पनि गिरावट आएको थियो । बुधवार ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर ६४ हजार १४० पटक किनबेच भएको थियो ।

चार दिनसम्म निरन्तर घटिरहेको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने हरियो भएर बन्द भएको थियो । बिहीबार नेप्से २.०८ अंकले बढेर २६५८ विन्दुमा पुगेको थियो ।

उक्त दिन नेप्से ०.०७ प्रतिशतले बढ्दा बजारमा २९ अंकको उतारचढाव आएको थियो । बिहीबार नेप्से परिसूचक उच्चतम २६६९ विन्दु र न्यूनतम २६४१.८८ विन्दुसम्म पुगेको थियो ।

बिहीबार बजारमा उतार–चढाव भइरहँदा कारोबारमा भने बुधवारको तुलनामा केही सुधार भएको थियो । उक्त दिन ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन दिनभरमा ३०८ वटा कम्पनी कारोबारमा आउँदा ७० हजार ७०३ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १० : २७ बजे

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन

सार्वजनिक लेखा र कानून समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १