आवासीय चिकित्सकहरूको आन्दोलन जारी, आकस्मिक बाहेकका सबै सेवा ठप्प « Khabarhub

आवासीय चिकित्सकहरूको आन्दोलन जारी, आकस्मिक बाहेकका सबै सेवा ठप्प


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्दोलनरत आवासीय चिकित्सकहरूले आज आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने भएका छन् ।

नेपाल चिकित्सक सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक बाहेक अरु सेवाहरूमा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको छ ।

अहिलेसम्म पनि आफूहरूले निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकाले आन्दोलन गर्नुपरेको आवासीय चिकित्सकहरूले जनाएका छन् ।

काठमाडौं उपत्यकाभित्रका चिकित्सकहरूले आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएका छन् ।

त्यस्तै उपत्यका बाहिरकालाई जिल्ला प्रशासन कार्यालय घेराउ गर्न सङ्घले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : ०३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन