आवासीय चिकित्सकहरूको आन्दोलन जारी, आकस्मिक बाहेकका सबै सेवा ठप्प « Khabarhub

आवासीय चिकित्सकहरूको आन्दोलन जारी, आकस्मिक बाहेकका सबै सेवा ठप्प


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्दोलनरत आवासीय चिकित्सकहरूले आज आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने भएका छन् ।

नेपाल चिकित्सक सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक बाहेक अरु सेवाहरूमा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको छ ।

अहिलेसम्म पनि आफूहरूले निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकाले आन्दोलन गर्नुपरेको आवासीय चिकित्सकहरूले जनाएका छन् ।

काठमाडौं उपत्यकाभित्रका चिकित्सकहरूले आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएका छन् ।

त्यस्तै उपत्यका बाहिरकालाई जिल्ला प्रशासन कार्यालय घेराउ गर्न सङ्घले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : ०३ बजे

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित