सरकार फेरिने चर्चाबारे परराष्ट्रमन्त्रीको जवाफ- मनोरञ्‍जनका लागि यस्ता समाचार आइरहन्छन् « Khabarhub

सरकार फेरिने चर्चाबारे परराष्ट्रमन्त्रीको जवाफ- मनोरञ्‍जनका लागि यस्ता समाचार आइरहन्छन्


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अहिले तलमाथि नहुने बताएकी छन् ।

थाइल्यान्डको राजधानी बैंककमा २१ देखि २५ अप्रिलसम्म बैंककमा भएको संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक, युएनस्केप) को ८१औँ सत्रमा सहभागी भएर शुक्रबार काठमाडौं फर्किने क्रममा उनले यस्तो बताएकी हुन् ।

राणाले आफू विशुद्ध राष्ट्रसंघीय कार्यक्रममा गएको जानकारी पनि दिइन् । कांग्रेस सभापतिसमेत रहेका पति शेरबहादुर देउवा पनि उपचार र व्यक्तिगत काममा गएकाले सरकार परिवर्तनको हल्लाको पछि नलाग्न उनले भनिन् ।

‘यो पटक कसैसँग राजनीतिक भेटघाट भएन । अस्ति बिम्स्टेकमै भेटघाट भएको हो’, उनले भनिन्, ‘उहाँ (शेरबहादुर देउवा) पनि राजनीतिक भेटघाट गर्न जानु भएकै होइन । उहाँ चेकअप र व्यक्तिगत काममा जानु भएको हो ।’

राणाले आफूहरू दुवैजना विदेश रहेका बेला सरकार फेरिने भन्दै मनोरञ्जनका लागि समाचार बनाइएको पनि बताइन् ।

‘हामी विदेशमा हुँदा यता देशमा हल्ला चलेछ । मनोरञ्जनका लागि पनि यस्ता समाचार आउँछन्’, उनले भनिन्, ‘सरकार नेपालमै बसेर परिवर्तन गर्ने होला नि, विदेशमा बसेर होइन ।’

उनले सरकार परिवर्तन हुने हल्लाबीच बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच फोन वार्ता भएको पनि बताइन् ।

‘हिजै बेलुका पनि यो हल्लाबारे प्रधानमन्त्री र सभापति देउवाबीच फोन संवाद भएको छ’, उनले भनिन्, ‘उहाँले प्रधानमन्त्रीलाई कुनै चिन्ता नगर्नु भन्नु भएको छ । त्यो स्वभाविक पनि हो ।’

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : ०० बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस