थाइल्यान्डमा एउटा जहाज समुद्रमा खस्यो, ६ जना प्रहरी अधिकारीको मृत्यु | Khabarhub Khabarhub

थाइल्यान्डमा एउटा जहाज समुद्रमा खस्यो, ६ जना प्रहरी अधिकारीको मृत्यु


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाइल्यान्डको गल्फ अफ थाईल्यान्डमा एक विमान खस्दा त्यसमा सवार सबै ६ जना प्रहरी अधिकृतहरूको ज्यान गएको छ।

यो दर्दनाक घटना बिहान करिब ८:२५ बजे थाइल्यान्डको दक्षिणपश्चिमी क्षेत्र चा-आमनजिक समुद्री तटमा भएको हो। सानो विमान एक प्यारास्युट जम्प प्रशिक्षणको तयारीस्वरूप परीक्षण उडानमा रहेका बेला दुर्घटना भएको हो ।

विमान दुर्घटनापछि आपतकालीन सेवाका अधिकारीले पीडितहरूलाई उद्धार गर्न खोज अभियान सुरु गरेका थिए । केही भिडियोमा पानीमा डुबेको विमानको भग्नावशेष देखिएको छ । उद्धारकर्मी घटनास्थलमा पुगेपछि चार जनाको मृत्यु भइसकेको पुष्टि भयो।

बाँकी दुई प्रहरी अधिकृतहरूलाई बचाउन चिकित्सकहरूले प्रयास गरे पनि सफल भएनन् । ज्यान गुमाउनेमा पाइलट पनि छन् । उनलाई तत्काल अस्पताल लगिएको थियो तर मृत्यु घोषित गरियो ।

यो वर्षकाअन्य घातक विमान दुर्घटनाहरूमध्ये यो एक हो। यसअघि यसै महिना न्यूयोर्क सिटीमा एक हेलिकप्टर दुर्घटनामा पाँच सदस्यीय परिवार नै सकिएको थियो । केही दिनअघि अमेरिका भर्जिनियामा प्रसिद्ध स्टन्ट पाइलट रोब हल्याण्डको मृत्यु भएको थियो । एक एयर शोमा आफ्नो कौशल प्रदर्शन गर्न लागेका बेला उनी दुर्घटनामा परेका थिए ।

थाइल्यान्डको यो दुर्घटनामा मृत्यु भएका सबैको पहिचान सार्वजनिक गरिएको छैन। यस दुर्घटनाको कारण पत्ता लगाउन औपचारिक जाँच सुरु गरिएको छ।

राष्ट्रिय प्रहरी प्रमुख जनरल कित्तिरात फनफेट घटनास्थलमा पुगेर उद्धारको निरीक्षण गरेका छन् ।

पछिल्लो जानकारीअनुसार प्राचुआप खिरी खान प्रान्तीय प्रहरीका प्रतिनिधिले दुर्घटना समुद्रमा किनाराबाट टाढा भएकोले उद्धारमा कठिनाइ भइरहेको बताए ।

स्थानीय माछा मार्ने समुदायसहितका प्रत्यक्षदर्शीले विमान आकाशबाट समुद्रमा खसेछि तत्काल आपतकालीन सेवाहरूलाई खबर गरेका थिए।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : १४ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का