धरहरामा भूकम्प स्मृतिसभा (तस्बिरहरू) « Khabarhub

धरहरामा भूकम्प स्मृतिसभा (तस्बिरहरू)


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखा भूकम्पको १० औँ स्मृति दिवसको अवसरमा आज शुक्रबार धरहरा परिसरमा स्मृति सभा आयोजना गरिएको छ । स्मृति सभामा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरू तथा अन्य सहभागीहरूले भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा मैनबत्ती बालेका थिए । धरहरा परिसरमै भूकम्प सुरक्षा सम्बन्धी उपकरण तथा सामग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो ।

दश वर्षअघि आजकै दिन (२०७२ वैशाख १२ गते) गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए भने बाइस हजारभन्दा बढी घाइते भएका थिए। देशभर २८ लाख मानिस तत्कालका लागि घरबारविहीन हुनुका साथै सांस्कृतिक सम्पदा, सडक, जलविद्युत लगायतका विकास परियोजनाका अर्बौँको क्षति हुन पुगेको थियो ।

सोही भूकम्पमा परी धरहरा पनि ढलेको थियो। ढलेको धरहरा जस्ताको तस्तै संरक्षण गरी सँगै अर्को धरहरा निर्माण गरिएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : ४२ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला