थाइल्यान्डबाट फर्किएका देउवालाई सरकार फेरबदलबारे दुई प्रश्न « Khabarhub

थाइल्यान्डबाट फर्किएका देउवालाई सरकार फेरबदलबारे दुई प्रश्न


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

पत्नी एवम् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगै गत आइतबार थाइल्यान्ड गएका देउवाले शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि पत्रकारहरूसँग यस्तो बताएका हुन् ।

उपचारको फलोअप र व्यक्तिगत कामले बैंकक पुगेका उनी ६ दिनपछि नेपाल फर्किए । यता नेपालमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहितले अब कांग्रेसले सरकार छाड्ने समय आएको बताइरहँदा देउवाले भने त्यो सम्भावना नरहेको बताएका हुन् ।

देउवासँगै आएकी परराष्ट्रमन्त्री राणाले पनि विमानस्थलको भीआईपी कक्षमा केपी शर्मा ओली नेतृत्वको सरकार अहिले तलमाथि नहुने बताइन् । पत्रकार सम्मेलन फेस नगरेका देउवालाई विमानस्थलबाहिर गाडीमा चढ्दै गर्दा जवाफ दिनुपर्ने अवस्था आयो । उनलाई पत्रकारले सोधिहाले, अब सत्ता समीकरण फेरिन्छ हो ?

यस्तो थियो संवाद

पत्रकारको प्रश्न : सत्ता गठबन्धनमा खटपट सुरु भएको हो ?
देउवाको जवाफ : केही भएको छैन ।
पत्रकारको प्रश्न : सत्ता समीकरण नै परिवर्तन हुन्छ भन्छन् नि ?
देउवाको जवाफ : कसले भन्यो ? मलाई थाहा छैन ।

यसैबीच नेपालमा सरकार परिवर्तनको हल्ला भुसको आगोझैँ फैलिएपछि बिहीबार राति नै देउवा र ओलीबीच टेलिफोन वार्ता पनि भएको छ ।

बैंककमा रहेका देउवा र काठमाडौंमा रहेका ओलीबीच एमालेको लोकतन्त्र सेलिब्रेसन कार्यक्रमपछि बिहीबार राति टेलिफोन संवाद भएको हो ।

त्यसक्रममा देउवाले अहिले सरकार तलमाथि नहुने बताउँदै ओलीलाई ढुक्कसँग काम गर्न भनेको जवाफ परराष्ट्रमन्त्री राणाले दिएकी छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : ३० बजे

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन

मौन अवधि सुरु हुँदा बालेनको स्टाटस- ‘मेरो देशलाई शुभकामना’

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको

आज २०८२ साल फागुन १९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन