शिक्षामन्त्री पन्तले आन्दोलित शिक्षकहरूलाई वार्तामा बोलाए « Khabarhub

शिक्षामन्त्री पन्तले आन्दोलित शिक्षकहरूलाई वार्तामा बोलाए


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० जारी गर्न मागसहित २४ दिनदेखि आन्दोलित शिक्षकहरूलाई नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताका लागि बोलाएका छन् ।

हाल प्रतिनिधिसभाको संसदीय समितिमा छलफलको प्रक्रियामा रहेको विधेयक जारी गर्न मागसहित सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको आन्दोलन करिब एक महिना पुग्न लाग्दा शिक्षामन्त्रीले वार्तामा बोलाएका हुन् ।

यिनै घटनाक्रमलाई मध्यनजर गर्दै बिहीबार मात्रै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त पन्तले शिक्षकका प्रतिनिधिहरूलाई वार्तामा सहभागी हुन आह्वान गरेका हुन् ।

शिक्षा मन्त्री पन्तले एक विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र पारित गर्नुपर्ने मागप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

मन्त्रालयका अनुसार शिक्षकहरूको हक–हित प्रवर्द्धन गर्न र समस्याको दीर्घकालीन समाधान खोज्न मन्त्रालय निरन्तर प्रयत्नशील रहेको छ।

’शिक्षक प्रतिनिधिहरूसँगको परामर्श तथा छलफलकै आधारमा विधेयकको मस्यौदा तयार गरिएको हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘त्यसैले विधेयक छिट्टै पारित होस् भन्ने शिक्षक तथा कर्मचारीहरूको चासो स्वभाविक हो।’

विधेयक संसदमा दर्ता, छलफल र पारित हुने प्रक्रिया विधायकी र कानुनी प्रक्रिया अनुरूप अगाडि बढ्ने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई संवाद र समाधानको लागि छिट्टै वार्तामा बस्न सरकारको तर्फबाट आह्वान गरेको हो ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : ४२ बजे

अहिलेसम्म कांग्रेसमा क–कस्ले पाए टिकट ? (सूचीसहित)

काठमाडौं – विशेष महाधिवेशन र महाधिवेशन विरोधी पक्षको तनावबीच नेपाली

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी– यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका