एउटै विधेयक वर्षौँसम्म संसद्मा अल्झिराख्ने परम्परा अन्त्य हुनुपर्छ : सचेतक घिमिरे « Khabarhub

एउटै विधेयक वर्षौँसम्म संसद्मा अल्झिराख्ने परम्परा अन्त्य हुनुपर्छ : सचेतक घिमिरे


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एउटै विधेयकमा वर्षौँसम्म संसद्मा अल्झिराख्ने परम्परा अन्त्यका लागि विधेयक टेबल भएको ६ महिनाभित्रमा कानुनको स्वरूप धारण गरिसक्नुपर्ने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । 

शुक्रबारदेखि सुरु भएको प्रतिनिधिसभाको बर्खे (बजेट) अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एउटै विधेयकमा वर्षौँसम्म संसद्मा अल्झिराख्ने परम्परा अन्त्य हुनै पर्नेमा जोड दिएका हुन् । 

‘एउटै विधेयकमा वर्षौँसम्म संसद्मा अल्झी राख्ने परम्परा अन्त्य हुनै पर्दछ । एउटा विधेयक संसद्मा टेबल भएको कति दिन भित्रमा पारित भइसक्नुपर्ने हो, त्यसको स्पष्टता पनि अब आवश्यक छ । मेरो विचारमा एउटा विधेयक संसद्मा टेबल भएपछि त्यसको ६ महिनाभित्रमा कानुनको स्वरूप धारण गरिसक्नुपर्ने व्यवस्था गर्न जरुरी छ,’ घिमिरेले भने ।  

राष्ट्रियसभा जस्तै प्रतिनिधिसभामा पनि विधेयक पारित गर्ने निश्चित अवधि तोक्न आवश्यक रहेको उनको भनाइ थियो । 

‘राष्ट्रियसभा जस्तै प्रतिनिधिसभामा पनि विधेयक पारित गर्ने निश्चित अवधि तोक्न आवश्यक छ । यस अधिवेशनबाट सबैको सहमतिले प्रतिनिधिसभाको विषयगत समितिले पनि तीन महिनाभित्र प्रस्तुत विधेयकलाई छिनोफानो गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभाले दुई महिनाभित्रमा र अन्य संसदीय काम कारबाहीको लागि थप एक महिनाको समय सीमा निर्धारण गरियो भने एउटा विधेयक ६ महिना भित्रमा पास हुन सक्दछ । त्यसपछि मात्र विधि निर्माणले एउटा गति लिन सक्दछ,’ प्रमुख सचेतक घिमिरेले भने ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : ४९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५