ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको एकपछि अर्को भिडियो भाइरल « Khabarhub

ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको एकपछि अर्को भिडियो भाइरल


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय फिल्डमा खटिने ट्राफिक प्रहरीले सर्वसाधारणलाई गर्ने व्यवहारलाई लिएर प्रश्न उठ्न थालेको छ ।

खासगरी संघीय राजधानी काठमाडौंका ट्राफिक प्रहरीले सर्वसाधारणहरूलाई लात्ती र मुक्का हानिरहेका भिडियो भाइरल भइरहेका छन् ।

बिहीबार मात्रै काठमाडौंको सुन्धारास्थित पुलमुनि चारजना ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको २०८१ मंसिर २३ गतेको भिडियो भाइरल भएको थियो ।

उक्त घटनामा मुछिएका जनसेवा वृत्तका चारजना ट्राफिक प्रहरी कारबाहीका लागि तानिएलगत्तै अर्को भिडियो पनि भाइरल भएको छ ।

एकजना सहायक हवल्दारले मोटरसाइकल चालकलाई लखेट्दै नियन्त्रणमा लिएर लात्ती मुक्का हानेको भिडियो पनि अहिले भाइरल बनेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले यस दोस्रो भिडियोबारे पनि छानबिन थालिएको बताए । उनले यो भिडियो कुन ठाउँ र कहिलेको भन्ने नखुलेको बताए ।

एसपी गिरीले यो भिडियोबारे छानबिन भइरहेको बताउँदै यसमा संलग्नलाई पनि कारबाही हुने बताए । उनले यी भिडियोका कारण प्रहरी संगठनमा अनुशासनको प्रश्न पनि उठाउने भएकाले गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ०० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु