मुख्यमन्त्री सिंह र एसडीसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट « Khabarhub

मुख्यमन्त्री सिंह र एसडीसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग विकास तथा सहयोगका लागि स्विस नियोग (एसडीसी) का डेपुटी चिफ अफ मिसन म्याथियास मेयरले शुक्रबार शिष्टाचार भेट गरेका छन् । 

सो भेटमा मुख्यमन्त्री सिंह र नियोगका डेपुटी चिफ अफ मिसन मेयरबीच प्रदेश सरकारसँगको सहयोग तथा समन्वयमा एसडीसीले मधेश प्रदेशमा सञ्चालन गरिरहेका विभिन्न योजनाका प्रगति, चुनौती र समाधानका उपायबारे छलफल भएको छ ।

भेटमा मुख्यमन्त्री सिंहले नेपालको विकास प्रयासमा स्विस सरकारको लामो तथा निरन्तर सहयोगको सराहना गर्दै छोटो समयको सङ्घीय शासन पद्धति र संरचना व्यवस्थित तथा विस्तारित नहुँदा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्न कठिनाइ भइरहेको बताए । 

उनले सङ्घीय कानुन अभाव, कार्यविधि तथा निर्देशिकालाई अन्तिम रूप दिन झन्झटिलो प्रक्रिया र दक्ष जनशक्तिको अपर्याप्त उपलब्धता आदिले योजना कार्यान्वयनमा समस्या हुने गरे पनि विकास साझेदार संस्थाहरूमार्फत आउने बजेट निर्धारित समयभित्र खर्च हुने बताए । 

उनले वैदेशिक रोजगारमा जाने जनशक्तिलाई सीपयुक्त बनाउन मधेश विश्वविद्यालयमार्फत सीपमूलक शिक्षा दिने तयारी भइरहेको र वैदेशिक रोजगारबाट फर्केकालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको प्रस्ट्याए ।  
  
मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार मुख्यमन्त्री सिंहसँगको भेटमा साथै नियोगले आगामी दिनमा गर्ने कार्यका बारेमा कार्यान्वयनमा सहयोग तथा साझेदारी गर्ने विषयमा सहमति जनाएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहसँगको भेटमा नियोगका नियोगका डेपुटी चिफ अफ मिसन मेयरले सुरक्षित श्रम अप्रवासनको क्षेत्रमा एसडीसीका प्रयासबारे जानकारी गराउँदै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन तथा वैदेशिक रोजगारबाट फर्केकाहरूको श्रम, सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने भन्ने विषयमा नियोगका परियोजनाका अनुभव साझा गरेका थिए ।

भेटमा नियोगका नियोगका डेपुटी चिफ अफ मिसन मेयरले स्विस सरकार नेपालमा सञ्चालित परियोजनाको मूल्याङ्कन तथा आगामी चार वर्षका लागि नयाँ योजना तर्जुमा गर्ने तयारीमा रहेको जानकारी दिँदै पूर्वाधार तथा मानव संशोधन विकास, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन तथा रोजगारी आदिका क्षेत्रमा प्रदेश सरकारसँग गन सकिने कामका विषयमा समेत परामर्श गरेका थिए । 

उनले प्रदेश सरकारसँगको सहकार्यलाई निरन्तरता दिँदै थप विस्तृत एवम् फराकिलो बनाइने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : २० बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला