जनतामा निराशा मौलाउँदै गयो, विरोधका स्वरबारे गम्भीरताका साथ सोच्नुपर्छ : सांसद विष्ट « Khabarhub

जनतामा निराशा मौलाउँदै गयो, विरोधका स्वरबारे गम्भीरताका साथ सोच्नुपर्छ : सांसद विष्ट


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद गोकर्ण विष्टले जनतामा देखिएको निराशा र मौलाउँदै गएका विरोधका स्वरबारे गम्भीरताका साथ सोच्नु पर्ने बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकलाई दलीय हैसियतमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

‘के कारणले जनतामा निराशा पैदा भइरहेको छ, के कारणले विरोधका स्वरहरू मौलाइरहेका छन्, यो सवालमा गम्भीरताका साथ सोच्नुपर्दछ,’ सांसद विष्टले भने, ‘ठण्डा दिमागले हामीले हाम्रा कमजोरीहरूलाई पहिचान गर्न जरुरी छ । कहीँ कमजोरी छ भने ती कमजोरीहरूलाई आत्मसात् गरेर सुधार गर्नुपर्ने छ ।’ 

लोकतन्त्रमा कमजोरीहरूलाई आत्मसात् गरेर लोकतान्त्रिक अध्यासद्वारा नै सच्याउन सकिने भन्दै उनले राजावादी शक्ति लोकतान्त्रिक अध्यासको खिलाफमा हर्कत गरिरहेको भन्दै आपत्ति जनाए । 

‘लोकतन्त्रले कमजोरीहरूलाई आत्मसात् गरेर लोकतान्त्रिक अध्यासद्वारा नै सच्याउन सक्दछ । आज केही कमजोरीहरूलाई औँल्याएर अथवा जनताको अपेक्षा र विकास प्रक्रियाका बीच रहेको अन्तरलाई उछालेर फाइदा उठाउँदै आज केही अस्थिरता र अराजकता निम्त्याउन चाहने शक्तिहरू अर्थात् जन्मसिद्ध शासकीय अधिकारलाई आदर्श मान्ने शक्तिहरू आज लोकतान्त्रिक अध्यासको खिलाफमा हर्कत गरिरहेका छन्,’ सांसद विष्टले भने ।
 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : २६ बजे

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा