कुलमानलाई नहटाउँदै सूचना चुहिएपछि सरकार प्रवक्ताले भने- मन्त्री नै अनलाइनका समाचारदाता रहेछन् « Khabarhub

कुलमानलाई नहटाउँदै सूचना चुहिएपछि सरकार प्रवक्ताले भने- मन्त्री नै अनलाइनका समाचारदाता रहेछन्


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रिपरिषद्को निर्णयअघि नै सञ्चारमाध्यममा आएकोप्रति आक्रोश पोखेका छन्।

शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आक्रोश पोखेका हुन् ।

उनले मन्त्रिपरिषद्को बैठक सकिनु १८ मिनेटअगाडि नै कुलमानलाई पदबाट हटाएको समाचार गत चैत ११ गते अनलाइन माध्यममा आएको उल्लेख गरे ।

उनले उक्त विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुरा गरेको बताए। ‘अनलाइनको समाचारदाता मन्त्री हो ? प्रवक्ताले नभन्दै कसले भन्यो ? यसलाई कारबाहीको विषय बनाउन प्रधानमन्त्रीसँग कुरा राखेँ’, उनले भने, ‘मोबाइल बाहिर राखेर मन्त्रिपरिषद्को बैठकमा आउन मन्त्रीहरूलाई आग्रह गरेका छौँ।’

उनले मन्त्रिपरिषद्को बैठकपछि कुलमानलाई हटाएको सम्बन्धी सञ्चारमाध्यममा गरेको गरेको कुराकानी भाइरल बनेको बताए । आफूले प्रश्न मात्रैको व्यङ्ग्य गरेको पनि उनले बताए । मन्त्री गुरुङले सञ्चारमाध्यममा सूचना पुर्‍याउने मन्त्रीलाई आफूले चिनेको पनि बताए ।

‘क्याबिनेट बैठक चलिरहेको छ, कुलमानजीलाई हटाउने निर्णय गरेको बैठक १८ मिनेटअगाडि नै आइसक्यो अनलाइनहरूमा । त्यहाँ मन्त्रीहरू र मुख्यसचिवबाहेक अरू कोही छैन । कसले भन्यो त त्यो ? मैले प्रधानमन्त्री ज्यूलाई प्रश्न गरेँ’, उनले भने, ‘कसले भन्यो ? कि तपाईंले भन्नुभयो कि ? कि तपाईंका माननीय मन्त्रीज्युहरूले भन्नुभयो ? कि मुख्यसचिवले भन्नुभयो ? कसैले त भन्यो ? प्रवक्ता तल गएर माइकअगाडि नउभिँदै समाचारमा आइसक्यो, अनलाइनमा आइसक्यो ।’

उनले सरकारको नभएर मन्त्री अनलाइनको समाचारदाता भएको बताए । ‘मन्त्री नै अनलाइनको समाचारदाता भए । प्रवक्ताले नभनी किन भनेको त ? अब क्याबिनेटमा मोबाइल लिएर आउन बन्द गर्नुपर्‍यो । कारबाहीको विषय बनाउनुपर्‍यो । अब क्याबिनेटमा आउँदा मोबाइल बाहिर राखेर आउने’, उनले भने, ‘प्रवक्ताले बाहेक कसैले नभन्ने । यसरी भगवान् भरोसा चलेको छ मुलुक ।’

उनले गाडीबाट झर्नेबित्तिकै मन्त्रीज्यु कुलमान घिसिङलाई हटाएको हो ? भनेर सोधिएको पनि उनले बताए । ‘कसरी थाहा पाउनुभयो तपाईंहरूले, कुलमानले भनेको हो भनेको थिएँ मैले । यो कुरा यति भाइरल भयो कि तपाईंले यसको नभन्नुपर्‍थ्यो । मैले त उसले पहिले नै सूचना थाहा पाइसकेको भनेर व्यङ्ग्य गरेको मात्रै । अहिले मलाई थाहा छ, त्यो मन्त्री को रहेछ ।’

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : २९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन