सात दिनभित्र दर्ता हुन नआए मेटालाई नेपालमा प्रतिबन्ध लगाउँछौँ : सञ्चारमन्त्री गुरूङ « Khabarhub

सात दिनभित्र दर्ता हुन नआए मेटालाई नेपालमा प्रतिबन्ध लगाउँछौँ : सञ्चारमन्त्री गुरूङ


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

राष्ट्रिय सूचना आयोगद्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए । उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए ।

मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै उसले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए ।

मेटाले नेपालको कुल ग्राहस्थ्य उत्पादन (जिडिपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गरे ।

‘मेटा भन्नेबित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । यत्रो धेरै चलिरहेका छन् । हरेक घण्टामा यहीँ समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा । नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ । हाम्रो पैसा त्यसरी लुट्ने ? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ?’, उनले भने, ‘त्यसकारण फैलने गलत कुरा हामीले नियन्त्रण गर्नुपर्दैन रु पर्छ नि । तीन पटक भयो । म आउनेबित्तिकै सूचना जारी गरेँ, त्यसपछि फेरि सूचना निकालेँ । तेस्रो पटक सूचना जारी गरेँ, अस्ति भर्खर म्याद सकियो । अब ७ दिनभन्दा बढी दिन्न ।’

उनले यसबीचमा नेपालले उनीहरूलाई खोज्दै हिँडेको बताए । ‘देशभन्दा ठूलो रे उनीहरू । उनीहरूको घमण्ड के रहेछ भने नेपालको जिडिपी कति हुन्छ र ?’, उनले भने, ‘हाम्रो संस्था भन्दा धेरै सानो हो नेपाल त भन्दो रहेछ । मुलुकको स्वाधीनता पैसामा जोडिँदैन ।’

उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी पनि दिएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ४६ बजे

नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ : प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मातातीर्थ औँसी आर्थात आमाको मुख

मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेन शाहको शुभकामना- नेपाल आमा हाँसेको हेर्न चाहन्छु

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसीको अवसरमा सम्पूर्ण आमाहरूमा शुभकामना

मातातीर्थमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिन मनाइने ‘आमाको मुख

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

धनुषा– मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । 

गैँडाको खागसहित चार जना पक्राउ

इनरुवा– सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार