शिक्षा मन्त्रीसँग वार्ताका लागि सिंहदरबार छिर्‍यो आन्दोलित शिक्षकहरूको टोली « Khabarhub

शिक्षा मन्त्रीसँग वार्ताका लागि सिंहदरबार छिर्‍यो आन्दोलित शिक्षकहरूको टोली


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकार र २४ दिनयता काठमाडौंमा आन्दोलनरत शिक्षकहरूबी शुक्रबार नै वार्ता हुने भएको छ । वार्ताका लागि शिक्षकहरूको २५ जनाको टोली सिंहदरबार छिरेको छ । टोलीमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका छन् ।

सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गर्ने भएका छन् । आन्दोलनको २४ दिनपछि विभागीयमन्त्री र शिक्षकहरूबीच औपचारिक वार्ता हुन लागेको हो ।

सोमबार तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि बुधबार मात्रै पन्तले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालेका हुन् ।

उनले बिहीबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि शिक्षक आन्दोलनलाई आफूले हेरेको र समस्या पनि बुझेको बताएका थिए ।

उनले शिक्षकहरूसँग वार्ताको पहल गर्ने बताएका थिए । नभन्दै शुक्रबार उनले आफैं विज्ञप्ति निकालेर आन्दोलित शिक्षकहरूलाई वार्तामा बोलाए ।

शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनबीच शुक्रबार दुई पक्षबीच वार्ता हुने भएको छ । उक्त वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले गर्ने भएका छन् ।

यसअघि वैशाख ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक महासंघका प्रतिनिधिसँग वार्ता गरेका थिए । त्यसयता शिक्षक र सरकारबीच संवादहीनताको अवस्था छ ।

तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले वैशाख २ गते सभामुख देवराज घिमिरेसहितसँग संसद्मा अड्किएको शिक्षा विधेयक पास गर्ने विकल्पबारे संवाद गरेकी थिइन् ।

यसबीचमा नयाँ शिक्षामन्त्री पन्तले विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० जारी गर्न मागसहित २४ दिनदेखि आन्दोलित शिक्षकहरूलाई नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताका बोलाएका थिए ।

हाल प्रतिनिधिसभाको संसदीय समितिमा छलफलको प्रक्रियामा रहेको विधेयक जारी गर्न मागसहित सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको आन्दोलन करिब एक महिना पुग्न लाग्दा शिक्षामन्त्रीले वार्तामा बोलाएका थिए ।

यिनै घटनाक्रमलाई मध्यनजर गर्दै बिहीबार मात्रै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त पन्तले शिक्षकका प्रतिनिधिहरूलाई वार्तामा सहभागी हुन आह्वान गरेका थिए ।

शिक्षा मन्त्री पन्तले एक विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र पारित गर्नुपर्ने मागप्रति ध्यानाकर्षण भएको जनाएका थिए ।

मन्त्रालयका अनुसार शिक्षकहरूको हक–हित प्रवर्द्धन गर्न र समस्याको दीर्घकालीन समाधान खोज्न मन्त्रालय निरन्तर प्रयत्नशील रहेको छ।

’शिक्षक प्रतिनिधिहरूसँगको परामर्श तथा छलफलकै आधारमा विधेयकको मस्यौदा तयार गरिएको हो,’ विज्ञप्तिमा उल्लेख गरिएको थियो, ‘त्यसैले विधेयक छिट्टै पारित होस् भन्ने शिक्षक तथा कर्मचारीहरूको चासो स्वभाविक हो ।’

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ३ : ४२ बजे

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा