भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी « Khabarhub

भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ मा भएको भाटभटेनी लुटपाट काण्डमा सत्तारुढ नेपाली कांग्रेसका एक जना सह–महामन्त्रीका छोरा पक्राउ परेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले राजावादीले तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा भएको लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ परेको दाबी गरेका हुन् ।

अध्यक्ष लिङ्देनले कांग्रेसका सहमहामन्त्रीको नाम भने लिएनन् । तर, उनले ती सहमहामन्त्रीका छोरालाई गृहमन्त्री रमेश लेखकले तुरुन्तै छाडेको पनि आरोप लगाए ।

‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा सत्तारुढ पार्टीको, तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ । किन छोड्नुभो तुरुन्तै ?,’ लिङदेनले प्रश्न गर्दै भने, ‘तपाईंको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्नँ, मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो ।’

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ३ : १५ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना