विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने : मुख्यमन्त्री कार्की « Khabarhub

विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने : मुख्यमन्त्री कार्की


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा हुने दुई दिने प्रदेशस्तरीय लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने धारणा व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशद्वारा आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्था: लगानीका सम्भावना र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले ‘समृद्ध कोशी प्रदेश, सम्पन्न नेपाल’ भन्ने सङ्कल्प पूरा गर्न १८ र १९ गते हुन गइरहेको लगानी सम्मेलन कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।
 
देशलाई समृद्ध बनाउन, राजस्व वृद्धि गर्न र रोजगार सिर्जना गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सात वटा कानुन संशोधनसहित लगानीमैत्री वातावरण सिर्जना गर्ने पक्षमा प्रदेश सरकार केन्द्रित रहेको बताए । 

उनले उद्योगी व्यवसायीको सुझावका आधारमा कानुन संशोधन गर्न लागेको स्पष्ट गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिई आर्थिक गतिविधिलाई थप चलायमान बनाउने पक्षमा कोशी प्रदेश सरकार रहेको बताए ।    

मुख्यमन्त्री कार्कीले स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा साना र मझौला उद्योग स्थापना गर्न चाहने उद्योगी-व्यवसायीलाई ५० लाखदेखि तीन करोड रुपैयाँसम्मको ऋणका लागि धरौटी रकमसमेत सुनिश्चित गरिदिने प्रदेश सरकारको नीति तथा कार्यक्रमबाट लाभान्वित हुन सबैसँग आग्रह गरे ।
 
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आवश्यक कानुनको व्यवस्थासहित निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न अनुरोध गर्दै लगानी विस्तार तथा प्रवर्द्धनमा केन्द्र एवं प्रदेश सरकार र स्थानीय तहबीच आपसी समन्वय हुनुपर्नेमा जोड दिए ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले प्रदेशको समृद्धि र नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन आसन्न लगानी सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे।

कोशी प्रदेशका कृषि, उद्योग तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले विकास निर्माणका नाममा हाम्रा परम्परागत मौलिक सभ्याता र संस्कृतिमा आँच आउन दिन नहुने धारणा व्यक्त गर्नुरे ।   

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उद्योग–व्यवसायी हेमराज ढकाल, शैलेन्द्र गुरागाईं, राकेश सुराना, पदमलाल भण्डारी, आदित्य पराजुलीलगायतका वक्ताले लगानी सम्मेलनको महत्व र अपेक्षित उपलब्धिका विषयमा धारणा व्यक्त गर्दै सरकारी तथा निजी क्षेत्रको सहयोग र सहकार्यमा आसन्न लगानी सम्मेलन सफल बनाउनुपर्ने धारणा व्यक्त गरे ।

कोशी प्रदेशको विराटनगरमा यही वैशाख १८ र १९ गते दुई दिन प्रदेशस्तरीय लगानी सम्मेलन हुँदैछ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ५ : ०० बजे

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै