बारपाकमा करोडौं रुपैयाँ लगानीको स्रोत सुनिश्चित भएको छ– प्रचण्ड « Khabarhub

बारपाकमा करोडौं रुपैयाँ लगानीको स्रोत सुनिश्चित भएको छ– प्रचण्ड


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गोरखाः नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले भूकम्पको केन्द्रविन्दु बारपाकमा २८ करोड रुपैयाँको लगानीमा ढल निकास परियोजना सुरु भएको र १० करोड रुपैँयाको लगानीमा बृहत् खानेपानीको स्रोत सुनिश्चित भएका बताएका छन् ।

‘गोरखा भूकम्प’को केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकमा शुक्रबार आयोजित ‘भूकम्प स्मृति दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गोरखाको विकास निर्माणको कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयत्न भइरहेको बताए ।

‘तपाईंहरूसँग गरिएका प्रतिबद्धताअनुसारका सबै काम गर्न सकिएन– पाइएन भन्ने अनुभूति मलाई पनि भइरहेको छ,’ उनले भने, ‘अझै दुई– साढे दुई वर्ष बाँकी छ, अबको बाँकी समय गोरखाको विकास निर्माणसहित गोर्खाली जनताको काममा अझ बढी समय दिई खट्ने छु ।’

प्रचण्डले केही पनि भएन, गरिएन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताए । उनले विकास निर्माणका कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयास भइरहेको बताए ।

गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काठमाडौँमा रहे पनि गोरखाको विकासका लागि आफूले गरेका प्रतिबद्धता नबिर्सिएको बताए । उनले बारपाकका समस्यालाई नजिकबाट नियाली सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकको राजनीतिक घटनक्रमप्रति इङ्गित गर्दै उनले पछिल्ला दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरी प्राप्त उपलब्धि सिध्याउने खेल भइरहेकाले त्यसविरुद्ध गणतन्त्रधर पक्ष सबै एक भई प्रतिगामी तत्वलाई परास्त गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ५ : ०३ बजे

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो