हिमाली जिल्ला हुम्ला औलोको उच्च जोखिममा « Khabarhub

हिमाली जिल्ला हुम्ला औलोको उच्च जोखिममा


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेत कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा औलोको उच्च जोखिममा रहेको छ । विकाससँगै तापक्रम बढ्दै गएका कारणले हुम्ला जिल्लामा औलोको उच्च जोखिममा रहेको हो । 

कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला औलो रोगको उच्च जोखिममा रहेको त्यसपछिका जिल्लामा कालिकोट, दैलेख र सुर्खेत रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्याम लाल आचार्यले बताए ।

‘हुम्लामा भेटिएका दुई जना औलो रोगका बिरामीमध्ये एउटा स्थानीयस्तरमा रोग लागेको भेटिएको हो,’ उनले भने,‘चालू आर्थिक वर्षमा कर्णाली प्रदेशमा भेटिएका औलोका ३८ बिरामीमध्ये हुम्लामा भेटिएका एक जना बिरामी बाहेक अरु आयातित बिरामी हुन् ।’

चालू आर्थिक वर्षमा कर्णाली प्रदेशमा सुर्खेतमा २९, दैलेखमा ४, कालिकोटमा ३ र हुम्लामा २ जना औलो रोगका बिरामी फेला परेको आचार्यले जानकारी दिए । 

‘३७ जना आयातित औलो रोगमा बिरामी भेटिएका छन्,’ उनले भने,‘एक जनामा स्थानीय औलोका बिरामी भेटिएका हुन् ।’

कर्णालीका चार जिल्लामा भेटिएका औलो रोगका बिरामीमध्ये हुम्लाको ताजाकोट गाउँपालिका, दैलेखको आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, ठाटीकाँध गाउँपालिका, कालिकोटको खाँडाचक्र नगरपालिका, सुर्खेत जिल्लाका बराहताल गाउँपालिका वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका गुर्भाकोट नगरपालिका, लेकबेँसी नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा औलो रोगका बिरामी रहेको आचार्यले बताए । 

त्यस्तै, कर्णालीका ७९ स्थानीय तहका सात सय १८ वडामध्ये तीन वडा औलो रोगको उच्च जोखिम रहेको, सात वटा वडा मध्यम जोखिम रहेको, चार सय १० वटा वडा निम्न जोखिम रहेको र दुई सय ९८ वडामा जोखिम नरहेको आचार्यले जानकारी दिए । 

उच्च जोखिममा रहेको वडामध्ये हुम्ला ताजाँकोट गाउँपालिका वडा नं २, ३ र ४ रहेको छन् । न्यून जोखिममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. २, गुर्भाकोट नगरपालिका वडा नं. ८, मुगु खत्याड गाउँपालिका वडा नंं. ८, सोरु गाउँपालिका वडा नंं. ४, ५, हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं.३ र ताजाँकोट गाउँपालिका वडा नंं ५ रहेको आचार्यले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : १८ बजे

नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

जुम्ला– यहाँको सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन सडक

आँबुखैरेनीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

तनहुँ– आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी चार

श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

बागमती– श्रम तथा रोजगार कार्यालयले श्रम कानुनको उल्लङ्घन गरेका दुई

फेवा नव वर्ष महोत्सवको तयारी तीव्र

काठमाडौं– हरेक नयाँ वर्षका अवसरमा पोखरामा आयोजना हुने फेवा नव

मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी

काठमाडौं– सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) टोली र रक्षा