जापान भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री राणा | Khabarhub Khabarhub

जापान भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री राणा


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएकी छिन् ।

जापान भ्रमण पूरा गरी शनिबार राति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएको तथा नेपाल–जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिइन् । उक्त भेटवार्ताहरू मुलुकका लागि उपलब्धिमूलक रहेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री राणाले भनिन्, ‘यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयका साथै नेपालमा जापानको सहयोग र परियोजनाका बारेमा कुराकानी भयो । त्यस्तै सम्मेलनमा ज्येष्ठ नागरिकहरूका सम्बन्धमा अन्य देशहरूले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाका बारेमा पनि जान्ने मौका मिल्यो ।’

परराष्ट्रमन्त्री डा. राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच यही जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस भेटका अवसरमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, आपसीहित र साझा चासोका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिइन् ।

त्यसैगरी मन्त्री राणाले जेठ ९ गते जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोसँग पनि भेटवार्ता गरेकी थिइन् । सो भेटमा मन्त्री राणाले नेपालको आर्थिक, सामाजिकलगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै जाइकाको सहयोगमा नेपालमा सञ्चालित र सम्पन्न परियोजनाका बारेमा कुराकानी गरेकी थिइन् ।

यसअघि उनीसँग जापानका उपविदेशमन्त्री इकुइना अकिकोले पनि शिष्टाचार भेटवार्ता गरेका थिए । गत हप्ता नेपालमा आयोजित सगरमाथा संवादमा सहभागी भएकी उपविदेशमन्त्री अकिकोलाई मन्त्री राणाले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

जापानमा रहँदा मन्त्री राणा टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन पनि गरेकी थिइन् ।

परराष्ट्रमन्त्री राणा गत सोमबार जापान गएकी थिइन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ८ : ४३ बजे

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस

माओवादी बैठकमा प्रश्न : प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागको स्रोत के हो ?

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को शुक्रबार सम्मप्न केन्द्रीय समितिको सातौँ

गोकर्णेश्वरबाट रिभल्वर र बिनेटसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट रभल्वर र

साल्ट ट्रेडिङले चाडपर्वमा कसरी दिँदैछ सहुलियत ?

काठमाडौं– दशैँसहितका ठूला चाडपर्व आएसँगै उपभोक्ताले अत्यावश्यकता वस्तुको आपूर्ति र