प्रधानमन्त्रीले भने- राजावादीका नाममा लुट्न भाडाका मान्छे काठमाडौं ल्याएर उफारियो « Khabarhub

प्रधानमन्त्रीले भने- राजावादीका नाममा लुट्न भाडाका मान्छे काठमाडौं ल्याएर उफारियो


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले राजावादीका नाममा लुटपाट गर्न भाडाका मान्छे काठमाडौंमा उतार्ने गरिएको बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेश कमिटीले आइतबार गरेको बागमती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अनावश्यक भ्रामक कुरा गरेर जनतालाई उल्लु बनाउने प्रयास नगर्न आग्रह गरे । आफ्नो पालामा के भएको थियो र बहुदल आएपछि के भएको छ भनेर आफैँ तुलना गरेर हेर्न उनले पूर्वराजालाई चुनौती दिए ।

ओलीले राजतन्त्र कस्तो हो भन्ने कुरा नयाँ पुस्तालाई थाहा नभएको बताए ।‘राजतन्त्र के हो ? कस्तो थियो ? के गरेको थियो ? भन्ने कुरा नयाँ पुस्तालाई बुझाउनु पर्छ’, उनले भने ।

राजावादीको नामामा भाडा तिरेर लुट्न ल्याएका मानिसहरू काठमाडौंमा उफ्रिने गरेको ओलीले बताएका छन् ।

देशमा भाँडभैलो मच्चाउन राजावादीहरूको दक्षिणपन्थी गिरोह, प्रचण्ड नेतृत्वका स्वघोषित कम्युनिष्ट पार्टी माओवादी र सामाजिक अराजकतावादी शक्ति सक्रिय रहेका उनले बताए । त्यसैलाई रोक्न एमाले र कांग्रेस मिलेरका ओलीले स्पष्ट पारे ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  २ : २५ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव