प्रधानमन्त्रीले भने- राजावादीका नाममा लुट्न भाडाका मान्छे काठमाडौं ल्याएर उफारियो « Khabarhub

प्रधानमन्त्रीले भने- राजावादीका नाममा लुट्न भाडाका मान्छे काठमाडौं ल्याएर उफारियो


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले राजावादीका नाममा लुटपाट गर्न भाडाका मान्छे काठमाडौंमा उतार्ने गरिएको बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेश कमिटीले आइतबार गरेको बागमती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अनावश्यक भ्रामक कुरा गरेर जनतालाई उल्लु बनाउने प्रयास नगर्न आग्रह गरे । आफ्नो पालामा के भएको थियो र बहुदल आएपछि के भएको छ भनेर आफैँ तुलना गरेर हेर्न उनले पूर्वराजालाई चुनौती दिए ।

ओलीले राजतन्त्र कस्तो हो भन्ने कुरा नयाँ पुस्तालाई थाहा नभएको बताए ।‘राजतन्त्र के हो ? कस्तो थियो ? के गरेको थियो ? भन्ने कुरा नयाँ पुस्तालाई बुझाउनु पर्छ’, उनले भने ।

राजावादीको नामामा भाडा तिरेर लुट्न ल्याएका मानिसहरू काठमाडौंमा उफ्रिने गरेको ओलीले बताएका छन् ।

देशमा भाँडभैलो मच्चाउन राजावादीहरूको दक्षिणपन्थी गिरोह, प्रचण्ड नेतृत्वका स्वघोषित कम्युनिष्ट पार्टी माओवादी र सामाजिक अराजकतावादी शक्ति सक्रिय रहेका उनले बताए । त्यसैलाई रोक्न एमाले र कांग्रेस मिलेरका ओलीले स्पष्ट पारे ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  २ : २५ बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन