ओलीको गुनासो- सहकारी ठगहरू एमालेलाई गाली गर्दै हिँडिरहेका छन् | Khabarhub Khabarhub

ओलीको गुनासो- सहकारी ठगहरू एमालेलाई गाली गर्दै हिँडिरहेका छन्


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग इर्ष्या भाव मात्र भएको बताएका छन् ।

त्यही इर्ष्याको कारण नेकपा फुटाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने काम प्रचण्डले गरेको ओलीले बताए ।

‘उनीहरू कम्युनिष्ट थिएन, त्यसैले उनीहरूले कम्युनिष्ट पार्टीको एकता सहन सकेन’, नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै उनले भने ।

प्रचण्ड र माधव नेपालले कम्युनिष्ट पार्टी फुटाएर देश र जनतामाथि ठूलो अपराध गरेका उनले बताए । दुईतिहाइनजिक पुगेको कम्युनिष्ट पार्टीलाई उनीहरूले फुटाएर देश र जनताको सपना चकनाचुर पारेका ओलीले स्पष्ट पारे ।

भूकम्पले चौतर्फी ध्वस्त पारेको देशलाई उठाउने काम नेकपा एमालेले गरेको उनले बताए । देशमा चौतर्फी विकासको काम आफ्नो नेतृत्वमा अघि बढेको बेला त्यसलाई सहन नसकेर कम्युनिष्ट पार्टी फुटाउने र कम्युनिष्ट पार्टीको सरकार ढाल्ने काम भएको उनले स्मरण गराए । ती सबै कामलाई अस्तव्यस्त बनाउने काम उनीहरूबाट भएको ओलीले बताए ।

आफूलाई वामपन्थी भन्नेहरू कम्युनिष्टको सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री खाइदिनु पर्‍यो भनेर निवेदन बोकेर हिँडेका उनले बताए ।

कांग्रेसले हामी प्रजातान्त्रिक पार्टी चुनावमा जान तयार छौँ भनेर विज्ञप्ति निकालेको अवस्थामा समेत तपाईं प्रधानमन्त्री बनिदिनु पर्‍यो भनेर बिन्ती पत्र चढाएपछि देउवा प्रधानमन्त्री बनेको ओलीले स्मरण गराए ।

‘अहिले पनि वामपन्थी भन्नेहरूले अरू कसैको विरोध गर्दैनन्, एमालेको विरोध गर्छन्, अहिले पनि हाम्रा केही साथीहरू वामपन्थी एकता गर्नुपर्छ भन्दै छन्, मलाई अचम्म लाग्छ’, उनले भने ।

अहिले यतिबेला समृद्ध नेपाल, सुखी नेपाली बनाउनु पर्ने जिम्मेवारी रहेको उनले बताए । त्यो काम एमालेले मात्र गर्ने र गर्न सक्ने ओलीले बताए ।

अरूलाई समृद्ध नेपाल, सुखी नेपालीको नारा लगाउन समेत असजिलो भएकोले त्यसको लागि उनीहरूले काम नगर्ने ओलीले स्पष्ट पारे ।

छिमेक सम्बन्ध कस्तो राख्नु पर्छ, वैदेशिक सम्बन्ध कस्तो राख्नु पर्छ, यी सबै कुरा एमालेलाई थाहा भएको उनले बताए । सबैलाई मिलाएर समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य एमालेले बनाउने ओलीले दाबी गरे ।

बिकाऊ नेताहरूको हातमा शासन सत्ता गयो भने देश बर्बाद हुने ओलीले बताए । सहकारी ठगहरू अहिले सहकारी पीडितलाई न्याय दिन्छौँ भनेर हिँडेका भन्दै ओलीले त्यसको आलोचना गरे ।

एमालले सहकारी ठगे जस्तै गरी एमालेमाथि सहकारी ठगहरूले नै औँला ठड्याउने गरेका ओलीले बताए ।

माओवादीले २०६४ को चुनाव बन्दुक देखाएर धम्क्याएर जितको बताउँदै ओलीले प्रचण्डलाई अब फेरि २०६४ को जस्तै जित निकाल्छौँ भन्ने भ्रममा नपर्न आग्रह गरे । ‘अब न २०६४ साल आउँछ, न माओवादी आउँछ’, उनले भने ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  २ : ३५ बजे

गत वर्ष डेब्यू गरेका पाँच नायिका, तीमध्ये तीनलाई हिट फिल्मको खाँचो

काठमाडौं – हरेक वर्ष फिल्मा डेब्यू गर्ने कलाकारको सूची तयार

बर्दिया र सुनसरीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं– बर्दियाको गुलरिया नगरपालिका-९ टेपरी बस्ने ६४ वर्षीय पृर्थिनारायण चौधरीको कच्ची घरमा

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक

‘रियाल रिङ्गेट’को टिजरमा खाडीको पीडा

काठमाडौं – साउन १६ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘रियल

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

धरान– यहाँको बराहक्षेत्र नगरपालिकाले कृषकलाई कृषि औजार तथा उपकरण वितरण