भीम रावल भन्छन् : गृहमन्त्रीले देशविरुद्ध कु-कर्म गरे, कारबाही हुनुपर्छ « Khabarhub

भीम रावल भन्छन् : गृहमन्त्रीले देशविरुद्ध कु-कर्म गरे, कारबाही हुनुपर्छ


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले रमेश लेखक गृहमन्त्रीमा रहेकै अवस्थामा भिजिट भिसा प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन हुन नसक्ने बताएका छन् ।

रावलले भिजिट भिसा प्रकरणलाई गम्भीर विषय भन्दै निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

‘गृहमन्त्रीमाथि समेत प्रश्न उठेको छ। निज गृहमन्त्री पदमा रहेर निष्पक्ष र स्वतन्त्र छानबिन हुनसक्ने स्थिति छैन। यति गम्भीर विषयमा निष्पक्ष र स्वतन्त्र छानबीन गरी दोषीलाई कडा कारबाही हुनुपर्छ । यति हदसम्म देशकाविरूद्ध कुकर्म गर्नसक्ने कस्तो सुशासन ?’, उनले प्रश्न गरेका छन् ।

कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीको प्रसंग जोड्दै भनेका छन्, ‘सुशासनको नक्कली गफको शासनमा कुशासनको श्रृंखलामा अर्को कृत्य । प्रदेशका गृहमन्त्रीले पैसा खाएर नेपाली युवालाई जापान लगे, विमानस्थलबाटै जापानले फर्काइदियो र नेपाल र नेपालीको बेइज्जत भयो । तर, गृहमन्त्रीलाई कारबाही भएन । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमनमा पैसा खाएर नेपालीलाई विदेश पठाउने गृहका सहसचिव पक्राउ पर्नुका साथै त्यसमा गृहमन्त्रीको सचिवालय संलग्न रहेको भन्ने छ ।’

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ५ : १५ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका