गङ्गा दशहरा पर्व विशेष : गोसाइँकुण्डमा चलहपहल सुरु « Khabarhub

गङ्गा दशहरा पर्व विशेष : गोसाइँकुण्डमा चलहपहल सुरु


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

रसुवा–  गङ्गा दशहरा पर्वको पावन अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने भक्तजनको अहिले यहाँ चहलपहल सुरु भएको छ ।

यही जेठ १३ गतेदेखि सुरु हुने सो मेला भर्न आउने भारतीयसहित नेपाली तीर्थालुको जिल्ला सदरमुकाम धुञ्चेसहित आसपासका क्षेत्रमा चहलपहल देखिएको छ । समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा यही जेठ २४ गतेसम्म लाग्ने धार्मिक मेलामा जाने भक्तजनको उल्लेख्य उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख हेमबहादुर शाहीले बताए।  

गङ्गा दशहरा पर्वका अवसरमा यस वर्ष मित्रराष्ट्र भारतसहित टाढाबाट समेत धार्मिक पर्यटक आउने क्रम सुरु भएको बताउँदै जिल्ला प्रहरी प्रमुख शाहीले सोही अनुसार सुरक्षा व्यवस्थासहित आवश्यक तयारी गरेको स्पष्ट गरे ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिले काठमाडौँदेखि धुञ्चेसम्मको मोटर यात्रापछि पैदल यात्रा सुरु भई तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चोलाङपाटी हुँदै गोसाइँकुण्ड पुग्न सकिने बताउँदै पैदल यात्राका क्रममा समस्या भए सहजीकरण गर्ने प्रतिबद्धता गरेको छ ।
 
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा विशेष पर्व गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिन गरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ । गोसाइँकुण्डमा स्नान गरी धुन्चे आइपुगेका कृषि वैज्ञानिक डा ताराबहादुर घिमिरेले जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने हाम्रो धार्मिक आस्थाको केन्द्र शिव शंकर भगवान् विराजमान कुण्ड गोसाइँकुण्ड पुगी स्नान गर्न सबैलाई सुझाव दिए । 

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ६ : ०४ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ