गङ्गा दशहरा पर्व विशेष : गोसाइँकुण्डमा चलहपहल सुरु « Khabarhub

गङ्गा दशहरा पर्व विशेष : गोसाइँकुण्डमा चलहपहल सुरु


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

रसुवा–  गङ्गा दशहरा पर्वको पावन अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने भक्तजनको अहिले यहाँ चहलपहल सुरु भएको छ ।

यही जेठ १३ गतेदेखि सुरु हुने सो मेला भर्न आउने भारतीयसहित नेपाली तीर्थालुको जिल्ला सदरमुकाम धुञ्चेसहित आसपासका क्षेत्रमा चहलपहल देखिएको छ । समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा यही जेठ २४ गतेसम्म लाग्ने धार्मिक मेलामा जाने भक्तजनको उल्लेख्य उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख हेमबहादुर शाहीले बताए।  

गङ्गा दशहरा पर्वका अवसरमा यस वर्ष मित्रराष्ट्र भारतसहित टाढाबाट समेत धार्मिक पर्यटक आउने क्रम सुरु भएको बताउँदै जिल्ला प्रहरी प्रमुख शाहीले सोही अनुसार सुरक्षा व्यवस्थासहित आवश्यक तयारी गरेको स्पष्ट गरे ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिले काठमाडौँदेखि धुञ्चेसम्मको मोटर यात्रापछि पैदल यात्रा सुरु भई तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चोलाङपाटी हुँदै गोसाइँकुण्ड पुग्न सकिने बताउँदै पैदल यात्राका क्रममा समस्या भए सहजीकरण गर्ने प्रतिबद्धता गरेको छ ।
 
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा विशेष पर्व गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिन गरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ । गोसाइँकुण्डमा स्नान गरी धुन्चे आइपुगेका कृषि वैज्ञानिक डा ताराबहादुर घिमिरेले जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने हाम्रो धार्मिक आस्थाको केन्द्र शिव शंकर भगवान् विराजमान कुण्ड गोसाइँकुण्ड पुगी स्नान गर्न सबैलाई सुझाव दिए । 

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ६ : ०४ बजे

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले