आज २०८२ साल असार ११ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल असार ११ गते बुधबारको राशिफल


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार ११ गते बुधबार। असार कृष्ण पक्षको औंसी। आज हलो बार्ने औंसी। तदनुसार सन् २०२५ जुन २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन धेरै राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापार व्यवसायमा फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

वृष : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। व्यापार व्यवसायमा स्वदेशमै सम्भावना छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। राजनीतिक क्षेत्रमा पदोन्नती हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। विदेशी रमझमले आकर्षित गर्नेछ। व्यापारमा लाभ मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कर्कट : दिन सामान्य छ। शत्रु बढ्ने जोखिम छ। साथीबाटै असहयोग हुनेछ। खर्च बढ्नेछ। यात्रा अनावश्यक हुनसक्छ। पारिवारिक सम्बन्ध भने सहज बन्ने छ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह : आज दिन राम्रो छ। भाग्यको स्थानमा शुभग्रह रहेकाले आम्दानीका स्रोतहरु भेटिनेछन्। परिवारमा गोपनियता भंग नगर्नुहोला। धार्मिक कार्यमा मन जानेछ। अग्रजको सल्लाहमा गरेको काममा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो छ। आज गरेको कामले दीर्घकालमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। धर्ममा वितृष्णा बढ्नेछ। स्वास्थ्य र शिक्षामा आलश्यता बढ्नेछ।

तुला : दिन राम्रो छ। आज कला र गला प्रदर्शन गर्ने दिन छ। राजनीतिक र धार्मिक पाटोमा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी खेर जाने सम्भावना छ। सोचेर अघि बढ्नुपर्नेछ। पारिवारिक भेटघाट हुने दिन छ।

वृश्चिक : दिन सामान्य छ। कामको बोझ थपिनेछ। शिक्षामा गरेको मिहिनेतले सार्थकता पाउनेछ। तपाईंले विश्वास गरेका पात्रले धोका दिनेछन्। पारिवारिक सम्बन्ध भने सहज बन्ने छ।

धनु : दिन राम्रो छ। नयाँ साथीसँगको अन्तरक्रियाले मन हल्का हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। अध्ययनमा मन जानेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्ने छ।

मकर : दिन सामान्य रहेको छ। कामका बोझ थपिनेछन्। शत्रु बढ्नेछन्। आफ्नै योजनामा गोपनियता कायम गर्नु राम्रो हुनेछ। साझेदारीमा गरेको व्यापारबाट लाभ मिल्नेछ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ। बौद्धिक व्यक्तित्वसँग भेटघाट हुने योग छ। अनावश्यक खर्च बढ्नेछ। बिहान उठेर शिव भजन सुन्ने गरे दिन सहज बन्ने छ।

मीन : दिन सामान्य छ। साथीभाइबाट असहयोग हुने खतरा छ। व्यवहार गर्दा कम बोल्नु उचित हुनेछ। सानातिना कुराले मन अशान्त बन्ने छ। गणेश भगवानको आरधना गर्नु फलदायी हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ५ : ०१ बजे

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति