गाजामा एकैदिन सातजना इजरायली सैनिक मारिए « Khabarhub

गाजामा एकैदिन सातजना इजरायली सैनिक मारिए


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजाक्षेत्रमा जारी कारबाहीका क्रममा सातजना इजरायली सेना मारिएका छन्। इजरायली सेनाले गाजामा मारिएका आफ्ना सातजना सैनिकको विवरण बुधबार सार्वजनिक गरेको छ।

उनीहरू सबै १९ देखि २१ वर्ष उमेर समूहका थिए। मृतक सबै ६०५औँ इन्जिनियरिङ ब्याटालियनका सदस्य रहेका खुलेको छ।

मंगलबार भएको घटनामा मारिएका एक सैनिकको नाम अझै सार्वजनिक गरिएको छैन, परिवारलाई सूचना दिन बाँकी रहेकोले उनको नाम सार्वजनिक नगरिएको हो।

उक्त बटालियनका अर्का एक सैनिक गम्भीर घाइते छन्। उनलाई इजरायल फर्काएर उपचार भइरहेको आईडीएफले जनाएको छ।

इजरायली सेनाका अनुसार, गाजाको खान युनुस क्षेत्रमा कार्यरत एक युद्ध इन्जिनियरिङ टोलीका सदस्य मारिएका हुन्। उनीहरू चढेको बख्तरबन्द गाडीमा बिछ्याइएको विस्फोटक विस्फोट हुँदा घटनास्थलमै ज्यान गएको हो।

सुरक्षास्रोतका अनुसार, प्यालेस्टिनी लडाकुले पहिले एक एम्बुस राखेर इजरायली फौजलाई लक्षित गरेका थिए। त्यसपछि उद्दारका लागि पठाइएको दोस्रो टोलीलाई लक्षित गर्दै अर्को घात गरिएको थियो।

घाइते सैनिकलाई तेल अभिभस्थित अस्पतालमा पुर्‍याइएको छ। इजरायली सञ्चारमाध्यमले जनाएअनुसार, लडाकुले सैन्य गाडीलाई लक्षित गरेपछि आगो लागेको थियो।

यो घटना गाजाको दक्षिण र उत्तर दुवै क्षेत्रमा इजरायली सेनामाथि भइरहेको प्यालेस्टिनी प्रतिरोधका आक्रमणमध्ये पछिल्लो घटना हो।

यसअघि हमासको सैन्य शाखा अल-कस्साम ब्रिगेड्सले विज्ञप्ति जारी गर्दै उत्तरी गाजाको जबालियामा उनीहरूको कारबाहीमा तीन इजरायली सैनिक मारिएको दाबी गरेका थिए।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ९ : ५१ बजे

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

काठमाडौं– एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै अनलिमिटेड कम्बो प्याक