कालिञ्चाेक गाउँपालिकाको आगामी बजेट ६५ करोड ७६ लाख « Khabarhub

कालिञ्चाेक गाउँपालिकाको आगामी बजेट ६५ करोड ७६ लाख


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको कालिञ्चाेक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार  बसेको गाउँ सभाको १५ औँ अधिवेशनमा उपाध्यक्ष कुल बहादुर बुढाथोकीले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा प्रस्तावित बजेट सार्वजनिक गरेका थिए । 

उपाध्यक्ष बुढाथोकीलेले  आगामी आर्थिक वर्षको लागि संघ तर्फको ४२ करोड ११ लाख, प्रदेश सरकार अन्तर्गतको ८ करोड ३९ लाख ८८ हजार, वित्तीय समानीकरण अनुदान तर्फ १२ करोड ५५ लाख, सशर्त अनुदान चालु तर्फ २७ करोड ५३ लाख, सशर्त अनुदान पुँजीगत तर्फ ३१ लाख, समपूरक अनुदान तर्फ १ करोड ४० लाख र विशेष अनुदान तर्फ ६८ लाख बजेट विनियोजन भएको जानकारी दिए ।

त्यसै गरी बागमती प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान १ करोड ३० लाख, सशर्त अनुदान चालु तर्फ २ करोड ७५ लाख, सशर्त अनुदान पुँजीगत तर्फ ६५ लाख, समपूरक अनुदान तर्फ ३ करोड ४२ लाख र विशेष अनुदान तर्फ ७५ लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।

यस्तै राजस्व बाँडफाँड संघिय सरकारतर्फ अनुमानित ९ करोड, प्रदेश सरकारतर्फ अनुमानित ३ करोड ४० लाख, स्थानीय राजस्व बाँडफाँड तर्फ ४८ लाख, आन्तरिक राजस्व तर्फ ३८ लाख र अन्य तर्फ २ करोड गरी जम्मा ६५ करोड ७६ लाख ८८ हजार बजेट सभामा प्रस्तुत भएको कालिञ्चाेक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले जानकारी दिए ।

यस अघि पालिकाको सूचना शाखाले प्राविधिक समस्याको कारण प्रस्तावित बजेटको सन्दर्भमा अपुष्ट सूचना दिए पनि पालिकाले ९ गते सोमबार नै वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट गाउँ सभामा पेस भएको बताए । साथै सभाले वार्षिक बजेट तथा कार्यक्रम सहितको विनियोजन विधेयक प्रस्ताव गरेको छ। –सुबाश बस्नेत/दोलखा

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ११ : ४० बजे

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१