विशेष अदालतमा माधव नेपालको बयान सकियो, थुनछेक बहस हुँदै « Khabarhub

विशेष अदालतमा माधव नेपालको बयान सकियो, थुनछेक बहस हुँदै


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको बयान सकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको साँगास्थित पतञ्जलती योग पीठको जग्गा बिक्री प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो ।

सरकारी जग्गा बिक्री प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल बुधबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका हुन् ।

बिहान अदालत खुल्नेबित्तिकै पुगेका नेपालको बयान सकिएको छ । अब चिया समयपछि उनीविरुद्धको मुद्दामा थुनछेक बहस अघि बढ्दैछ ।

नेपाललले विशेषका न्यायाधीशहरू तेज नारायणसिंह राई, रामबहादुर थापा र बिदुर कोइरालाको संयुक्त इजलासमा बयान दिएका हुन् ।

उक्त क्रममा नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी र खम्मबहादुर खातीलगायतले बहस गर्दै छन् ।

अख्तियार पतञ्जलिको जग्गा बिक्री प्रकरणमा गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारले नेता नेपालबाट १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको थियो । त्यसपछि उनी प्रतिनिधिसभाको सदस्यबाट निलम्बित अवस्थामा छन् ।

०६६ सालमा नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलिका नाममा हदबन्दीभन्दा बढी जग्गा साटफेर गर्न दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको थियो ।

हदबन्दीभन्दा बढी जग्गा खरिद-बिक्री गर्न दिई सरकारी-सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  २ : ४८ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको