सीएनएनको समाचारले ट्रम्पलाई तनाव, भने- फोर्डोबाट इरानले युरेनियम हटाएको मलाई विश्वास छैन | Khabarhub Khabarhub

सीएनएनको समाचारले ट्रम्पलाई तनाव, भने- फोर्डोबाट इरानले युरेनियम हटाएको मलाई विश्वास छैन


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी सञ्चार संस्था सीएनए र न्यूयोर्क टाइम्सले इरानका परमाणु केन्द्रहरूमा अमेरिकी आक्रमणबाट ठूलो क्षति नपुगेको समाचार प्रकाशित गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तनाव भएको छ।

यी विश्वचर्चित सञ्चारमाध्यमले संयुक्त रूपमा अमेरिकी बम बर्षक बी२ को आक्रमणबाट इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको समाचार लेखेपछि ट्रम्प आक्रोशित भएका हुन् ।

दुवै सञ्चामर हाउसले यो दाबी एक गोप्य रिपोर्टको आधारमा गरेका हुन् । रिपोर्टमा अमेरिकी आक्रमणपछिको क्षतिको मूल्याङ्कन पनि सार्वजनिक गरिएको छ ।

सीएनएनसँग कुराकानीका क्रममा एक गोप्य स्रोतले भनेको छ, ‘इरानको आणविक कार्यक्रम यो आक्रमणबाट केवल केही महिनाको लागि पछाडि धकेलिएको छ ।’

यो दाबीसहित दुई ठूला सञ्चारगृहले समाचार प्रकाशित गरेपछि राष्ट्रपति ट्रम्प आक्रोशित भएका छन् । उनले यी दुवैको दाबीलाई खारेज गर्दै सीएनएन र न्यूयोर्क टाइम्सले ‘फेक न्यूज’ फैल्याएको आरोप पनि लगाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल एक्समा एक पोस्ट् गर्दै सीएनएन र न्यूयोर्क टाइम्सका यी रिपोर्टहरूलाई झूटा समाचार (फेक न्यूज) को संज्ञा दिएका छन् । ‘यी मिडिया हाउसहरू इरानको पक्षमा दुष्प्रचार गर्दैछन्। अमेरिकी कारबाही सफल भएको थियो’, उनले भनेका छन् ।

उनले इरानले फोर्डो आणविक केन्द्रबाट इरानले युरोनियम हटाएको कुरामा आफूलाई विश्वास नरहेको बताएका छन्। जुन २२ मा अमेरिको बी २ स्टेल्थले बम खसाउनु दुई दिनअघि उक्त केन्द्रबाट इरानले ट्रक पठाएर युरेनियम अन्यत्र सारेको दाबी गरिएको थियो ।

‘इरानले फोर्डोबाट यूरेनियम हटाउन सकेको कुरामा म विश्वास गर्दिनँ’, ट्रम्पले भनेका छन् । ट्रम्पले इरान र अमेरिकी सञ्चार गृहको दाबीलाई खारेज गर्दै युरेनियम नजोगिएको बताएका हुन् । अमेरिकी आक्रमणअघि जुन १९ र २० तारिखमा इरानले फोर्डो न्यूक्लियर केन्द्रबाट सम्वर्द्धि यूरेनियम हटाएको दाबी समाचारमा गरिएको थियो ।

हेगमा सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले भने, ‘मलाई लाग्दैन, इरानले त्यो हटाउन समय पायो । किनभने हामीले धेरै चाँडो कारबाही गर्‍यौं। युरेनियमजस्तो वस्तु हटाउन दुई हप्ता लाग्न सक्छ, त्यो काम अत्यन्त जटिल र खतरनाक हुन्छ ।’

उनले इरानी परमाणु केन्द्रहरूमा भएको अमेरिकी आक्रमण सबैका लागि जीतका रुपमा रहेको पनि बताएका छन् । ‘इरानसँग तेल छ, उनीहरू होशियार छन्, र सम्भवतः उनीहरू फेरि परमाणु हतियार निर्माण सुरु गर्न सक्छन्। तर हाम्रो आक्रमण इरानका लागि पनि एउटा ठूलो चेतावनी र जीत थियो’, उनले भनेका छन् ।

उता अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) प्रमुख राफेल ग्रोसीले अमेरिकी–इजरायली आक्रमणले इरानको आणविक कार्यक्रम केही महिना मात्र पछाडि धकेलिएको बताएका छन् ।

ग्रोसीले अस्ट्रियाको भियनामा आयोजित क्याबिनेट बैठकमा यस्तो बताएका हुन् । ‘इरानका आणविक साइटहरूमाथि इजरायली र अमेरिकी आक्रमणहरूले इरानलाई केवल केही महिनाको ढिलो गराएको छ’, उनले भने ।

ग्रोसीले आईएईएको प्राथमिकता अहिले इरानी आणविक केन्द्रहरूमा पुगेर क्षति मूल्याङ्कन गर्नु रहेको बताएका छन् । जसबाट आक्रमणको प्रभाव के कति थियो भन्ने बुझन् सकिने उनले बताए ।

उता अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भने राष्ट्रपति ट्रम्पलाई साथ दिँदै बोलेका छन् । ‘इरान अब परमाणु हतियारबाट धेरै टाढा छ’, उनले पोलिटिकोसँग कुराकानीका क्रममा भनेका छन्, ‘हाम्रा सैन्य आक्रमणले इरानको आणविक कार्यक्रमलाई गम्भीर क्षति गरेको छ। अहिले त्यसको विस्तृत विवरण संकलन भइरहेको छ।’

उनको भनाइमा इरान अहिले परमाणु हतियार बनाउन ‘कोसौँ टाढा‘ पुगेको छ । त्यो कुरा इजरायली भन्दा अमेरिकी कदमको प्रत्यक्ष परिणामका रुपमा रहेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ४ : १४ बजे

म्याग्दीमा नवौँ मुनसन कप सुरु

म्याग्दी– तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु

भियतनामका उपराष्ट्रपतिको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

-सिबी अधिकारी/रासस उच्च आर्थिक वृद्धिदर भएको मुलुक भियतनाम र विकासशील

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुईजना

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा