महँगा कलाकार ‘माग्ने बूढा’ कृषाको ‘जहाजै’मा अनुबन्ध « Khabarhub

महँगा कलाकार ‘माग्ने बूढा’ कृषाको ‘जहाजै’मा अनुबन्ध


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’को फिल्म ‘माग्ने राजा’ भदौं ६ मा प्रदर्शनमा आउँदैछ । निर्माता मुनाल घिमिरेका अनुसार केदारले यस फिल्मका लागि ६१ लाख पारिश्रमिक लिएका छन् ।

केदारले पनि यो कुरालाई स्वीकार गरेका छन् । तर, सम्झौता भए जति सबै रकम आफूले बुझिनसकेको उनको भनाइ छ ।

एक फिल्मबाट पारिश्रमिकवापत् ६१ लाख योभन्दा पहिला कुनै कलाकारले लिएका थिएनन् । यस अर्थमा अहिले केदार नेपाली फिल्म क्षेत्रका सबैभन्दा महँगा कलाकार हुन् ।

‘छक्का पञ्जा’ टिमले फिल्म निर्माणमा विश्राम लिएको छ । त्यसैले केदार भटाभट बाहिरी फिल्म साइन गरिरहेका छन् । उनको अभिनय रहेको फिल्म ‘जेरी अन टप’ र ‘माइती घर’ प्रदर्शनमा आउन बाँकी छ ।

यी दुवै फिल्मको छायाङ्कन सकिएको छ । अर्थात्, केदारको प्रदर्शनमा आउन बाँकी फिल्मको संख्या तीन वटा पुगिसकेको छ ।

अहिले फेरि केदारले फिल्म ‘जहाजै’मा साइन गरेका छन् । निर्माण पक्षले मंगलबार उनी अनुबन्ध भएको सार्वजनिक गरेको हो ।

निर्माण पक्षका अनुसार केदार शीर्ष भूमिकाका लागि अनुबन्ध भएका हुन् । निर्देशक कृषा चौलागाईंले भन्छिन्, ‘उहाँ सबैले रुचाएको कलाकार हो । महत्त्वपूर्ण भूमिकाका लागि उहाँलाई लिएका हौं ।’

यो फिल्ममा जापानी अभिनेतृ रुजेल इचिमिया अनुबन्ध भइसकेकी छन् । यो फिल्म मल्टिस्टारर बन्ने निर्माण पक्षले बताएको छ । केही कलाकारसँग कुरा भइरहे पनि फाइनल नभएको निर्माण पक्षले बताएको छ ।

यूएनए प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्मको छायाङ्कन भदौबाट सुरु हुने बताइएको छ । फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ । यो फिल्मका निर्माता उज्जवल गुरागाईं हुन् ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ४ : ४२ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले