अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याउन निजी क्षेत्रको सुझाव « Khabarhub

अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याउन निजी क्षेत्रको सुझाव


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योगी व्यवसायीहरूले अर्थतन्त्र चलायमान बनाउने र बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् ।  

मोरङ उद्योग वाणिज्य संघले बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने र बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने प्रकारको आउनुपर्ने माग गरेका हुन् ।

उद्योगी व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थामा नगद मौज्दात थुप्रिँदै गएको र बजार चलायमान हुन नसकेको अवस्थामा चालू पुँजी कर्जा सीमालाई ६० प्रतिशत बढाउनुपर्ने व्यवसायीहरूको माग छ । 

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले जनताको क्रयशक्ति बढाउन सरकारको पुँजीगत खर्च बढाउनुपर्ने र बजारमा प्रशस्तै पैसा आउने औद्योगिक वातावरण निर्माणका लागि मौद्रिक नीति केन्द्रित हुनुपर्ने धारणा राखे ।  

उद्योगी व्यवसायीहरूले मौद्रिक नीति थप व्यवहारिक र उदार हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनीहरूले घरजग्गा कारोबारलाई थप चलायमान बनाउन मुल्यांकनको सीमा ७० प्रतिशत सम्म पुर्‍याउन माग गरेका छन् । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा करिब ६ सय ५० वटा साना ठूला उद्योगहरू सञ्चालनमा रहेकोमा बजारको मागका कारण ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ५ : २२ बजे

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन