एमालेमा ७० वर्षेबारे प्रदीप ज्ञवाली- सिद्धान्तको विषय नबनाऊँ, विधान महाधिवेशनमा मिल्छ « Khabarhub

एमालेमा ७० वर्षेबारे प्रदीप ज्ञवाली- सिद्धान्तको विषय नबनाऊँ, विधान महाधिवेशनमा मिल्छ


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेमा ७० वर्षे उमेर हदलाई लिएर अनेक अड्कलबाजी चलिरहेका बेला उपमहासचिव प्रदीप ज्ञवालीले यसलाई भदौमा हुने दोस्रो विधान महाधिवेशनले टुंगो लगाउने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि बोल्दै उपमहासचिव ज्ञवालीले ७० वर्षे उमेर हदलाई सिद्धान्तको विषय बनाउन नहुने बताए ।

उनले काठमाडौंमा भएको नवौँ महाधिवेशनमा बहस हुँदै दशौँ महाधिवेशनमा राखेको कुरालाई विधान महाधिवेशनले टुंगो लगाउने पनि जानकारी दिए ।

‘पार्टीभित्रको ७० वर्षे उमेरहदको प्रावधानबारे विधान महाधिवेशनले निर्णय गर्नेछ । यसलाई सैद्धान्तिक विषय बनाउन आवश्यक छैन’, उनले भने, ‘नवौँ महाधिवेशनमा छलफल गर्दै गएर १० औँ महाधिवेशनमा राखेको कुरा हो यो । हामीले त्यस ७० वर्षे प्रावधानलाई केन्द्रीय कमिटीको बैठकबाट स्थगन गरेका थियौँ ।’

केन्द्रीय कमिटीबाट स्थगित गरिएको ७० वर्षे उमेर हदको प्रावधानलाई अब विधान महाधिवेशनमा पेश गरिने उनले बताए । ‘स्थगनको त्यो प्रस्ताव विधान महाधिवेशनमा जान्छ । यसबारे आवश्यक निर्णय विधान महाधिवेशनले लिनेछ’, उनले भने, ‘यो विषयलाई लिएर धेरै अनुमान गर्नु र सिद्धान्तको विषय बनाइनु जरूरी छैन । यो सिद्धान्तको विषय होइन प्राविधिक र व्यवहारिक कुरा हो ।’

पूर्वउराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा फर्किन कोसिस गरेसँगै एमालेमा ७० वर्षेले नयाँ विवाद ल्याएको छ। वर्तमान अध्यक्ष केपी शर्मा ओली हाल ७४ वर्ष लागिसकेकाले उनी ७० वर्षे स्थगनलाई निरन्तरता दिन चाहन्छन् ।

तर एमालेको राजनीतिमा आउन तयार भण्डारीको पक्षमा खुलेका भनिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ७० वर्षे उमेर हद एमालेलाई चाहिने बताइसकेका छन् । यो उमेर हदलाई लिएर एमाले पंक्ति दुई पक्षमा विभक्त छ । यस्तो अवस्थामा ७० वर्षेलाई लिएर एमालेको विधान महाधिवेशनमा चुनाव हुने सम्भावना पनि छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : ११ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक