मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव | Khabarhub Khabarhub

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले चिकित्सा नैतिकता (मेडिकल इथिक्स) छोड्न नहुने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आज आयोजित ‘एक्युट अङ्कोलोजी सर्भिस’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले पैसा–पैसा भन्ने डाक्टरले चिकित्सा नैतिकता पालना नगर्ने बताए।

राम्रो उपचार गर्ने डाक्टर नर्सको ‘एम्बेसडर’ बिरामी बन्ने बताउँदै उनले भने, “राम्रो उपचार पाएको बिरामीले भन्छ कि ‘यो डाक्टर राम्रो छ’ भनेर । यसले तपाईंको इज्जत, मानसम्मान प्राप्त हुन्छ, त्यसको ‘बाइप्रडक्टर’ पैसा हुन्छ ।”

चिकित्सक र नर्सको व्यवहारले बिरामीको आधा रोग निको हुने बताउँदै उहाँले पैसाको पछाडि नदौडिन आग्रह गरे । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादवले प्रतिस्पर्धी बन्न सके पैसा आफैँ पछाडि लाग्ने बताए । उनले भने, “पैसाको पछि नभाग, पैसा तिम्रो पछि भाग्नेछ ।”

आफूले नौ वर्ष अघि प्रोस्टेट क्यान्सरको उपचार गरेको स्मरण गर्दै उहाँले पेटस्क्यान गर्न जापान जानु परेको स्मरण गराए । उनले भने, “जापानबाट फर्केपछि नेपालमै पेट स्क्यान ल्याउनुपर्छ भनेर तत्कालीन सरकारलाई रु ३६ करोड बजेट विनियोजन गर्न लगाएको थिएँ ।”

उक्त रकम फ्रिज भएको तर मेसिन आउन नसकेको उनको भनाइ थियो । अहिले यस अस्पतालले पेट स्क्यान मेसिन ल्याउने प्रक्रिया पुनः सुरू गरेकोमा आफूलाई खुसी लागेको बताए ।

डा यादवले दुई दशकमा देशमा ठूलो परिवर्तन आएको बताए । शिक्षा, स्वास्थ्य, दूरसञ्चार, पूर्वाधार क्षेत्रमा धेरै ठूलो परिवर्तन भएको भन्दै उनले अझै गुणस्तरीय रुपमा विकास अघि बढाउनुपर्ने आवश्यक रहेको औँल्याए । लोकतन्त्रपछि स्थानीय तहमा ३६ हजार जनप्रतिनिधिमध्ये १२ हजार दलित, जनजाती, मधेशी, महिला, सीमान्तकृत जननप्रतिनिधि रहेको चर्चा गर्दै उनले यो लोकतन्त्रको उपलब्धि भएको बताए ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले २५ वर्षमा क्यान्सर अस्पतालबाट धेरै अनुभव सिकिएको बताउँदै त्यही अनुभवबाट अहिले विभिन्न तालिम आयोजना गरिएको बताए । नेपालमा अन्यत्र नभएको दक्ष जनशक्ति यस अस्पतालमा भएको चर्चा गर्दै डा पौडेलले क्यान्सरको जनशक्ति नेपालमा अझै कमि रहेको बताए ।

एक्युट अङ्कोलोजी सर्भिसका परिकल्पनाकार एवं अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहले नेपालमा पहिलो पटक क्यान्सरको आकस्मिक अवस्था (एक्युट अङ्कोलोजी सर्भिस)मा विशेषज्ञ उपचार सेवाका बारेमा प्रकाश पारेका थिए । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा सम्पन्न “फाउण्डेसन कोर्स टु अक्युट अङ्कोलोजी सर्भिस” तालिम सम्पन्न भएसँगै एक्युट अङ्कोलोजी सर्भिस सुरू गरिएको उनले बताए।

एक्युट अङ्कोलोजी सर्भिसअन्तर्गत, रोगीले आकस्मिक लक्ष्ण देखाउने वित्तिकै तत्काल उपचार, समन्वययुक्त मूल्याङ्कन र बिरामीको अवस्थाअनुसार प्राथमिकता तोक्ने व्यवस्था गरिने उनको भनाइ छ । कार्यक्रममा अस्पतालका अध्यक्ष डा विजयराज न्यौपाने, उपनिर्देशक डा उमेश नेपाल, डा योगेश रेग्मीलगायतले बालेका थिए । कार्यक्रमका अवसरमा तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थी चिकित्सक, नर्सलाई पूर्व राष्ट्रपति डा यादवले प्रमाणपत्र समेत वितरण गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ९ : ५५ बजे

बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

दशथचन्द– बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्

वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सचिव

डेनमार्कमा पाषाण युगको डुबेको बस्ती भेटियो

एजेन्सी– उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्वविद्हरूले आठ हजार

एमालेमा फरक मत लैजाँदै भण्डारी पक्ष : केन्द्रीय कमिटी बैठक स्थगित, के होला विधान महाधिवेशन ?

काठमाडौँ– प्रमुख सत्तारुढ नेकपा (एमाले)मा दुई लाइन संर्घष बढाइरहेकी पूर्वराष्ट्रपति

कोरियाबाट प्रविधि हस्तान्तरणसहित दक्ष जनशक्ति विकासमा सहयोग : मन्त्री भण्डारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरिया सरकारले