तिहारमा आउने भयो अनमोलको ‘जेरी : अन टप’ « Khabarhub

तिहारमा आउने भयो अनमोलको ‘जेरी : अन टप’


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसी, नायिकाद्वय आँचल शर्मा र जशिता गुरुङ स्टारर फिल्म ‘जेरी : अन टप’ असोज ३१ बाट प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले बिहीबार तीन पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको छ । आगामी तिहारलाई लक्षित गरी यो फिल्म प्रदर्शनमा आउने भएको हो ।

फिल्म प्रदर्शनको भोलिपल्ट कात्तिक १ गते शनिबार छ । २ गते काग तिहार परेको छ । अर्थात्, २ गतेबाट तिहार सुरु हुन्छ ।

पोस्टरमा नायक अनमोल, आँचल र जशितलाई मात्रै फचर्ड गरिएको छ । अनमोल दुवै नायिकासँग प्रेम भावमा देखिएका छन् । यसले फिल्म त्रिकोणात्मक प्रेम कथामा बनेको संकेत गर्छ ।

एक फिल्ममा अनमोलले दुई नायिकासँग अनस्क्रिन रोमान्स गरेको पोस्टरले संकेत गर्छ ।

दुई पोस्टरमा अनमोल र जशिताले हिमाल चढेको देखाइएको छ । एक पोस्टरमा अनमोलको अनुहार हिउँले जलेको देखाइएको छ । हिमाल चढेको दृश्यले भने दर्शकलाई फिल्मप्रति कौतुहलता जगाउन सक्छ ।

अनन्या फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको प्रस्तुतकर्ता सरोज न्यौपाने हुन् । हेमराज बीसीले लेखेको यस फिल्ममा रोबिन शेरचन, रामकृष्ण श्रेष्ठ र भण्डारीको लगानी रहेको छ । यस फिल्मको निर्देशक सुयोग गुरुङ हुन् ।

‘जेरी : अन टप’ वि.सं २०७१ सालमा प्रदर्शनमा आएको फिल्म ‘जेरी’को सिक्वेल हो । ‘जेरी’को नायक अनमोल र नायिका आना शर्मा हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : ५२ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्