बागमतीका समस्याग्रस्त सहकारीलाई ऋण चुक्ता गर्न ताकेता « Khabarhub

बागमतीका समस्याग्रस्त सहकारीलाई ऋण चुक्ता गर्न ताकेता


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थान समितिको कार्यालयले बागमती प्रदेशभित्रका पाँचवटा समस्याग्रस्त सहकारीका ऋणीलाई आगामी भदौ मसान्तसम्म ऋण चुक्ता गर्न ताकेता गरेको छ ।

समितिले शुक्रबार सूचना प्रकाशित गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई आगामी भदौ ३१ गतेभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको हो ।

समितिले आगामी भदौ मसान्तभित्र ऋण बुझाएमा ब्याज गणना र हर्जनाको हिसाब सम्बन्धित सहकारी संस्था समस्याग्रस्त हुनुभन्दा अघिल्लो दिनलाई आधार मानिने सूचनामा उल्लेख गरेको छ ।

साथै आगामी भदौ मसान्तसम्म पनि ऋण चुक्ता गर्न नआउने ऋणीको हकमा भने ऋण चुक्ता गर्ने अघिल्लो दिनसम्मको आधारमा साँवा, ब्याज र हर्जना कायम हुने समितिले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ११ : ०१ बजे

करेन्ट लागेर टिपर चालकको मृत्यु

सिरहा– यहाँको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

पाकिस्तानको एफ १६ लडाकु जहाज खसालेको अफगानिस्तानको दाबी

काबुल- अफगानिस्तानले शुक्रबार अमेरिकामा निर्मित एफ–१६ पाकिस्तानी लडाकु विमान गुमाएको

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

जनकपुरधाम– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१

मदिरा घोटाला प्रकरणमा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई सफाइ

नयाँदिल्ली- मदिरा घोटाला प्रकरणमा भारतको राजधानी सहर नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री