बागमतीका समस्याग्रस्त सहकारीलाई ऋण चुक्ता गर्न ताकेता « Khabarhub

बागमतीका समस्याग्रस्त सहकारीलाई ऋण चुक्ता गर्न ताकेता


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थान समितिको कार्यालयले बागमती प्रदेशभित्रका पाँचवटा समस्याग्रस्त सहकारीका ऋणीलाई आगामी भदौ मसान्तसम्म ऋण चुक्ता गर्न ताकेता गरेको छ ।

समितिले शुक्रबार सूचना प्रकाशित गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई आगामी भदौ ३१ गतेभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको हो ।

समितिले आगामी भदौ मसान्तभित्र ऋण बुझाएमा ब्याज गणना र हर्जनाको हिसाब सम्बन्धित सहकारी संस्था समस्याग्रस्त हुनुभन्दा अघिल्लो दिनलाई आधार मानिने सूचनामा उल्लेख गरेको छ ।

साथै आगामी भदौ मसान्तसम्म पनि ऋण चुक्ता गर्न नआउने ऋणीको हकमा भने ऋण चुक्ता गर्ने अघिल्लो दिनसम्मको आधारमा साँवा, ब्याज र हर्जना कायम हुने समितिले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ११ : ०१ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले