खडेरीले खेतसँगै किसानको मन पनि फाट्यो (तस्बिरहरू) « Khabarhub

खडेरीले खेतसँगै किसानको मन पनि फाट्यो (तस्बिरहरू)


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो भयो । तर मधेश प्रदेशका आठ जिल्लामा अहिलेसम्म वर्षा हुन सकेको छैन ।

समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ । धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नुपर्ने किसानहरूले पानीको अभावका कारण साउन पहिलो हप्तासम्म रोपाइँ गर्न पाएका छैनन् ।

सुख्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले यहाँका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । साउन ७ गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मधेश प्रदेशका विभिन्न जिल्लामा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैन । रोपाइँ गरिसकेका खेत पनि धाँजा फाट्ने, बीउ सुक्ने जस्ता समस्या किसानले झेलिरहनु परेको छ ।

हरेक वर्ष मलखादको अभाव झेल्नु परेका मधेशका किसानले यो वर्ष भने सुख्खा र खडेरी सामना गर्नु परेको छ ।

धनुषाको लक्ष्मीनीयाँ गाउँपालिका सोहनीसिनुरजोडाका किसान बहादुर कवाडीका अनुसार पहिलेको वर्ष यो बेलासम्म रोपाइँ सकिन्थ्यो।

‘तर यो पाली वर्षा भएन, नहरमा पानी पनि आउँदैन । त्यसकारण धानको बीउ पनि सुकी सक्यो’, उनले भने, ‘पम्प मोटर हुनेहरूले रोपाइँ गरे पनि धेरै गर्मीले खेतमा पानी हाल्दा छिट्टै सुक्ने गरेको छ ।’

स्थानीय सरकार र प्रदेश सरकारले यहाँका किसानका लागि खासै ध्यान नदिएको उनको गुनासो छ ।

त्यही गाउँका अर्का किसान विन्देश्वर रविदासले आफ्नो खेतमा सुकेको पम्प देखाउँदै भने, ‘यो पम्प पनि सुक्यो, पानी परेको छैन । त्यसैले खेती समयमै गर्न पाइएन ।

उक्त क्षेत्रमा सिँचाइका लागि कमला सिँचाइ आयोजना रहे पनि त्यो प्रभावकारी देखिएको छैन ।

सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ (नहरमार्फत) सुविधासहित त्यहाँका ४० हजार घरपरिवार लाभान्वित हुने भनिएको थियो।

अहिले यो आयोजनाका अधिकांश पम्प सञ्चालनमा छैनन् । महोत्तरीको लोहारपट्टी नगरपालिका किसान श्रावण कुमार चौरासिया सुख्खा खेतमा रोपाइँ गर्दै भेटिए ।

उनले मल पनि नपाएको र पम्पसेट पनि वितरण नगरिएको गुनासो गरे । नगरपनिकाले पम्पसेट वितरण गर्दा आफूले नपाएको पैसा र पहुँच हुनेले मात्र पाइरहेको उनले सुनाए ।

तस्बिर/ प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ११ : २४ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र