भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जुद्वारा स्वागत « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जुद्वारा स्वागत


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई राष्ट्रको भ्रमणको दोस्रो चरणमा शुक्रबार माल्दिभ्स पुगेका छन् । उनको आगमनमा राष्ट्रपति मुइज्जुले स्वागत गरेका छन् ।

दुई नेताले एकअर्कालाई आलिङ्गन गर्दै अभिवादन गरेको देखिएको थियो । यस अवसरमा माल्दिभ्सका विदेशमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र गृह सुरक्षा मन्त्री पनि उपस्थित थिए ।

टापु राष्ट्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको दुई दिने राज्य भ्रमणका लागि स्वागत गर्न तयार हुँदा माल्दिभ्सको राजधानी मालेले शुक्रबार ठूलो पोस्टर, रङ्गीन ब्यानर र भारतीय झण्डा फहराउँदै उत्सवका रूप धारण गरेको थियो ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यानो अभिवादन’ सन्देश भएका पोस्टरहरू सहरभरि प्रदर्शन गरिएको थियो । केही ब्यानरहरूमा प्रधानमन्त्री मोदीको फोटो लगाइएको थियो । भारतीय झण्डा सडकहरूमा लामबद्ध थिए र धेरै केटाकेटीले पनि प्रधानमन्त्री मोदीको आगमनको प्रतीक्षामा उनको चित्र र तस्विरहरू समातेका थिए ।

प्रधानमन्त्री मोदीलाई माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले निमन्त्रणा गरेका हुन् । मोदीले देशको ६०औँ स्वतन्त्रता दिवस समारोहमा सम्मानित अतिथिको रूपमा सहभागिता जनाउने छन् । यो प्रधानमन्त्री मोदीको माल्दिभ्सको तेस्रो भ्रमण हो र राष्ट्रपति मुइज्जुको कार्यकालमा कुनै पनि राष्ट्र प्रमुख वा सरकार प्रमुखको पहिलो भ्रमण हो ।

माल्दिभ्समा बसोबास गर्ने भारतीय समुदायका सदस्यहरूले मोदीको भ्रमणलाई लिएर उत्साह व्यक्त गरे ।

प्रधानमन्त्री मोदीको आगमनअघि भारतीय समुदायका एक सदस्यले भने, ‘हामीसँग ठूलो नेता भएकामा हामी गर्व गर्छौं । हामी अपरेसन सिन्दूर, उनले गरेको कार्य र भारतमा भइरहेको विकासप्रति गर्व गर्छौं ।’

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले प्रमुख क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने तरिकाहरूबारे छलफल गर्न राष्ट्रपति मोहम्मद मुइज्जुसँग वार्ता गर्ने छन् ।

यो भ्रमणले भारत र माल्दिभ्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव पनि मनाएको छ । हालैका वर्षहरूमा भारतले विकास सहायता, पूर्वाधार परियोजनाहरू र आपत्कालीन सहायताका माध्यमबाट माल्दिभ्सलाई सहयोग गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

-रासस

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ११ : ४४ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन