संरक्षणको पर्खाइमा ऐतिहासिक ुठूलढुङ्गा « Khabarhub

संरक्षणको पर्खाइमा ऐतिहासिक ुठूलढुङ्गा


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मध्यनेपाल– यहाँको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरदेखि ५०० मिटर नजिक मादी नदी किनारमा एउटा ठूलो ढुङ्गा छ । जुन पौराणिक कथा बोकेको ऐतिहासिक ढुङ्गा हो ।  

यो ढुङ्गा सात दिने सुत्केरीले गाडेको भन्ने किम्वदन्ती छ । तर हालसम्म यसको संरक्षणमा कुनै निकायले खासै चासो दिएको पाइँदैन । विसं १८२९ ९शाके १६९४० मा राजा वीरनारयणका पत्नीहरू शालधरा, सकलान र कुमारी गरी यी तीन शिव पार्वतीका भक्तहरूले इशानेश्वर महादेवको नाममा शिवरात्रि र फकिर, जोगी, साधुसन्तका निम्ति सात बीस अर्थात् १४० मुरी खेतको गुठी, अन्न संकल्प गरी दान गरिएको अभिलेख यस ढुङ्गामा कुँदिएको छ । हाल सो गुठीको जग्गा मोहीहरुको नाममा दर्ता भइसकेको छ ।  

सो ठूलो ढुङ्गामा लेखिएको छ, ‘श्री शाके सोह्रसय चौरानब्बे सहकाल गणिके लेखे श्री वीरनारायण, शालाधरा, सकलान, कुमारी इ तीन प्रभुजिके धर्म कर्म परबह्म ज्ञानिके सात बीस अन्न संकल्प कालु मौखिके अतित पथि फुकुरा खलो सदवार्तातुही लिखे वीरनारायण साध्वा पत्नी शालधरा सकलान कुमारी तु तृतीया धर्म परायणा तेषामेत द्वान्न एवं दम्पतिना कुमारी क्षितिस्वारा रक्षतु प्रिताये भुयाद भवानी विश्वनाथायो शाके १६९४ ।’

यो अभिलेखले पनि यस ढुङ्गाको ऐतिहासिकतालाई स्पष्ट पारेको छ । यसलाई घोटेर सफा गरेर पढ्न सकिने महादेव मन्दिरका पूर्वअध्यक्ष एवं शिक्षक रामचन्द्र घिमिरेले बताए। 
    
केही वर्षअघिसम्म सोही ढुङ्गाको नजिकै मादी नदी किनारमा फागुपूर्णिमामा छेलो हान्ने प्रतियोगिता हुने गथ्र्यो । ठूलो सङ्ख्यामा कास्की, तनहुँ र लमजुङका सर्वसाधारण मेला भर्न आउँथे । हाल सो मेला पर्व समेत लाग्न छाडेको छ । यहाँ हरिबोधानी एकादशीमा फूल तार्ने गरिन्थ्यो । त्यो पनि विस्तारै लोप हुँदै गएको स्थानीय बताउँछन् ।  

यस ढुङ्गाको महत्व बुझेर संरक्षण गर्नेतर्फ कसैले चासो नदिएको स्थानीय नरबहादुर गुरुङले बताए। हाल इशानेश्वर महादेव क्षेत्र विकास समितिले मन्दिरसँग जोडिएको हुनाले भक्तजनहरूलाई अभिलेखको जानकारी गराउँदै यसलाई पर्यटकीय स्थान बनाउने र ढुङ्गालाई संरक्षण गर्ने तयारी रहेको इशानेश्वर महादेव क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताए । 

सोही वडाका अध्यक्ष हीराबहादुर गुरुङ र नगर प्रमुख रमेशकुमार पाण्डेले यसको संरक्षण र जगेर्ना अति जरुरी रहेको बताउँदै बजेट विनियोजन गर्ने प्रतिबद्धता गरेका छन् । 
 

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : ५७ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल