सुनसरी, सिराहा र भोजपुरमा आगलागी : लाखौंको धनमाल जलेर नष्ट « Khabarhub

सुनसरी, सिराहा र भोजपुरमा आगलागी : लाखौंको धनमाल जलेर नष्ट


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ ।

सुनसरीको वराहक्षेत्र नगरपालिका-२ पुनरबासका सुभाष राईको गोठमा बिहीबार राति आगलागी हुँदा करिब ९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै सुनसरीकै दुहबी-३ स्थित अमित जैशवालले सञ्चालन गरेको दिपक सस्केप (कवाडी) गोदाममा बिहीबार दिउँसो आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ ।

सिराहाको धनगढीमाई-३ हनुमाननगरका कुजीलाल धरीको गोठमा बिहीबार राति आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेको प्रहरीले बताएको छ ।

भोजपुर षडानन्द नगरपालिका-१ आमबोटेका कृष्ण सुनामको घरमा बिहीबार दिउँसो आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : ५७ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र