सुनसरी, सिराहा र भोजपुरमा आगलागी : लाखौंको धनमाल जलेर नष्ट « Khabarhub

सुनसरी, सिराहा र भोजपुरमा आगलागी : लाखौंको धनमाल जलेर नष्ट


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ ।

सुनसरीको वराहक्षेत्र नगरपालिका-२ पुनरबासका सुभाष राईको गोठमा बिहीबार राति आगलागी हुँदा करिब ९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै सुनसरीकै दुहबी-३ स्थित अमित जैशवालले सञ्चालन गरेको दिपक सस्केप (कवाडी) गोदाममा बिहीबार दिउँसो आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ ।

सिराहाको धनगढीमाई-३ हनुमाननगरका कुजीलाल धरीको गोठमा बिहीबार राति आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेको प्रहरीले बताएको छ ।

भोजपुर षडानन्द नगरपालिका-१ आमबोटेका कृष्ण सुनामको घरमा बिहीबार दिउँसो आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : ५७ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक