कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ थाइल्याण्डको चेतावनी « Khabarhub

कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ थाइल्याण्डको चेतावनी


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्डले कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ चेतावनी दिएको छ । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथान वेचायाचाइले यस्तो चेतावनी दिएका हुन् ।

शुक्रबार दुई मुलुकबीचको तनाव दोस्रो दिन पनि जारी रहेका बेला थाई नेताको यस्तो चेतवानी आएको हो । बिहीबार शुरु भएको पछिल्लो तनावका क्रममा हालसम्म १६ जनाको ज्यान गइसकेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मारिनेमा १५ जना थाइल्याण्डका छन् भने एक जना कम्बोडियाका छन् ।

थाइल्याण्डको सीमावर्ती सिसाकेत, उबोन राट्चाठानी र सुरिन प्रान्त तथा कम्बोडियाको रत्नाकिरी, ओद्दार मेन्चे, स्तुङ त्रेङ र पेरा विहार झडपका घटना भएका छन् ।

झडपपछि थाइल्याण्डमा १ लाख जना र कम्बोडियामा १ हजार ५ सय परिवार विस्थापित भएको बीबीसीले जनाएको छ ।

यसअघि बिहीबार कम्बोडिया र थाइल्याण्डले एक अर्कामाथि गोलाबारी गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  २ : ३१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल