संवैधानिक निकायलाई कार्यकर्ता भर्ति गर्ने थलो बनाईदै छ : रास्वपा | Khabarhub Khabarhub

संवैधानिक निकायलाई कार्यकर्ता भर्ति गर्ने थलो बनाईदै छ : रास्वपा


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ति गर्ने थलो बनाउन खोजिएको आरोप लगाएको छ । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद विनीता कठायतले कुलिङ अफ पिरियड हटाउन खोज्नुले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ति गर्ने थलो बनाउन खोजेको जस्तो देखिएको बताएकी हुन् । 

कम्तिमा दुई वर्ष कुलिङ अफ पिरियड राख्न खोज्दा एमालेले राख्न नखोज्नुको कारण के रहेछ भन्दै उनले प्रश्न गरिन् । उनले कुलिङ अफ पिरियडलाई जनताले नजिकबाट हेरिरहेको भन्दै होस पुराउन सुझाव दिए । सांसद कठायतले भिजिट भिसा प्रकरणमा टालटुले अध्ययन समिति बनाएर झारा टार्न खोजिएको टिप्पणी गरे । 

यस विषयलाई अन्तराष्ट्रिय जगतले समेत गम्भीरतापूर्वक हेरिरहेकाले उच्चस्तरीय छानविन समिति बनाउन उनले माग गरे । आफ्ना माग पुरा नभएकाले आन्दोलन जारी रहेको उनको भनाइ छ । 

त्यस्तै बैठकमा राप्रपा सांसद धवल शम्शेर जवराले गत चैत्र १५ गते तीनकुने संविधानले दिएको अधिकार प्रयोग गर्दा राज्यका तर्फबाट अत्याधिक बल प्रयोग भएको दोहोर्‍याए । उक्त घटनालाई लिएर झुटा मुद्दा लगाएको भन्दै उनले न्यायलयबाट न्याय पाउने विश्वास व्यक्त गरे । उनले उक्त घटनाको संसदीय छानविन समिति बनाएर छानविन गर्न माग गरे ।

भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै आन्दोलनरत रास्वपा र राप्रपाका सांसदले शुक्रबार पनि सदन बहिष्कार गरेका थिए । 

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  २ : ४९ बजे

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको