‘मितज्यू’मा सौगात मल्लको प्रवेश « Khabarhub

‘मितज्यू’मा सौगात मल्लको प्रवेश


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनिल बूढा मगरको निर्देशन रहने दोस्रो फिल्म ‘मितज्यू’मा नायक सौगात मल्लको प्रवेश भएको छ । निर्माण पक्षले उनी अनुबन्ध भएको बिहीबार सार्वजनिक गरेको हो ।

यस फिल्मको शीर्ष भूमिकामा नायक दयाहाङ राई यसअघि नै अनुबन्ध भइसकेका छन् । अर्थात्, सौगात र दयाहाङको सहकार्य फेरि हुने भएको छ । यी दुईको सहकार्य रहेको फिल्महरु ‘लुट’, र ‘कबड्डी’ दर्शकले रुचाएका छन् ।

डान्सर तेरिया मगर नायिकाका लागि फाइनल भएकी छन् । उनी यस फिल्मबाटै ठूलो पर्दामा डेब्यू गर्दैछिन् । नायिका स्मिता लामिछाने पनि मुख्य भूमिकाका लागि अनुबन्ध भएकी छन् ।

निर्देशक अनिलका अनुसार अझै केही कलाकारको चयन बाँकी रहेको छ । मंसिर दोस्रो सातादेखि यस फिल्मको छायाङ्कन सुरु हुने उनले बताए ।

अनिलको डेब्यू निर्देशन रहेको फिल्म ‘घरज्वाइँ’ गत वर्ष प्रदर्शनमा आएको थियो । दयाहाङसँगको उक्त सहकार्य व्यापारिकरुपमा सफल भएको थियो ।

‘मितज्यू’का लेखक महेश राई हुन् । जीएम मुभिज प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने यस फिल्मका निर्माता जनक घर्ती मगर हुन् ।

यो फिल्मको प्रदर्शन मिति आगामी चैत २७ गतेलाई तय गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : ३७ बजे

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले