पर्वतीय पर्यटनको दिगो विकासका लागि एनएमएमा गुरुङको उम्मेदवारी | Khabarhub Khabarhub

पर्वतीय पर्यटनको दिगो विकासका लागि एनएमएमा गुरुङको उम्मेदवारी


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । पर्वतीय पर्यटनको दिगो विकासका लागि एनएमएमा आफूले उम्मेदवारी दिने उनले बताए।

नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले शुक्रबार आयोजना गरेको ‘पर्यटन व्यवसायी तथा सदस्यबीचको छलफल’ मा आगामी भदौ ७ गते हुन लागेको निर्वाचनमा लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको तर्फबाट सर्वसम्मत रूपमा अध्यक्ष पदमा गुरुङले उम्मेदवारी दिएका हुन् ।

करिब चार दशकदेखि नेपालको पर्यटन व्यवसायमा सक्रिय गुरुङले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा उकास्नका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए। 

‘नेपालको पर्वतीय पर्यटनको दिगो विकास, श्रमिक तथा व्यवसायीको हकहितको संरक्षण र संस्थागत सुधारका लागि मेरो उम्मेदवारी हो । म अनुभव, कार्यदक्षता र साझा नेतृत्वमार्फत एनएमएलाई अझ प्रभावशाली र उत्तरदायी बनाउनेछु’, उनले भने।

देश तथा विदेशमा नेपालका हिमाली सम्भावनालाई चिनाउने अभियान, पर्वतारोहणको सुरक्षित व्यवस्थापन तथा सम्बन्धित समुदायको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनले बताए। 

उम्मेद्वारी घोषणा समारोहमा नेपाली कांग्रेस धादिङका पूर्वसभापति एवम् वरिष्ठ पर्यटन व्यवसायी रमेश धमलाले हिमाल आरोहणका क्षेत्रमा देखिएको समस्या समाधानका लागि लोकतान्त्रिक उम्मेदवारलाई विजयी गराउनु अहिलेको आवश्यकता रहेको बताए। वरिष्ठ पर्यटन व्यवसायी डा रामशरण थपलियाले एनएमएमा सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घका अध्यक्ष दीपक महत, ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, पूर्वअध्यक्ष खुमबहादुर सुवेदी, निलहरि बाँस्तोला, नेपाल एसोसिसयन टुर्र एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलिया, गुरुङ पर्यटन व्यवसायी सङ्घका पूर्वअध्यक्ष कमला गुरुङलगायतले जलवायु परिवर्तनको असर नेपाली हिमालमा पर्दै गएको भन्दै यसलाई जोगाउन एनएमए र सम्पूर्ण पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताए।

यस्तै एनएमएको आगामी भदौ ७ गते हुन लागेको निर्वाचनमा सर्वसम्मत नेतृत्व स्थापित गर्नका लागि वार्ता समिति गठन गरिएको छ । वरिष्ठ पर्यटन व्यवसायी रमेश धमलाको संयोजकत्वमा गठन भएको उक्त समितिमा डा. रामशरण थपलिया, खुमबहादुर सुवेदी, कर्मा शेर्पा र निलहरि बाँस्तोला सदस्य रहेका छन् । 

उक्त समितिले विभिन्न समूहमा रहेका पर्यटन व्यवसायीसँग वार्ता र छलफल गरी सर्वसम्मत नेतृत्व चयनका लागि भूमिका खेल्नेछ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : १७ बजे

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

चितवन– नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको

मधेशमा ४७ प्रतिशत मात्र रोपाइँ, यस्तो छ महोत्तरीको अवस्था (तस्बिरहरू) 

काठमाडौं– देशको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशमा यस वर्ष

यम्बे लाहुरेको पालाम वृतान्त !

सुनसरी – पालामको भाका र लयमा पान्थरको आङ्साराङ मावली घरमा

उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी

उदयपुर– एक वर्षमा झण्डै साढे आठ हजार जनाले राहदानी लिएका

रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु

सप्तरी– सप्तरीको रुपनी गाउँपालिका– २ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने