सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य « Khabarhub

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।

नेपाल इञ्जिनियर्स एशोसिएशन लुम्बिनी प्रदेशले ६३औँ इञ्जिनियर्स दिवसको अवसरमा आज बुटवलमा आयोजना गरेको ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकासः अवसर र चुनौती’ विषयक कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार विकासमा पब्लिक–प्राइभेट पार्टनरशिप मोडेलमा जान सकिने कानुनी आधारहरू तय भइसकेको बताए ।

उनले प्रदेश सरकार निजी क्षेत्रको प्रचुर विकासमा सहजीकरणको वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको र दोस्रो आवधिक योजनाका लक्ष्य हासिल गर्न निजी क्षेत्रसँग सहकार्य अनिवार्य रहेको स्पष्ट पारे ।

उनले चालु खर्च घटाउन प्रदेश सरकार अग्रस्थानमा रहेको उल्लेख गर्दै भने, “हामी चालु खर्च घटाउनेमा पहिलो नम्बरमा छौँ । त्यो प्रमाणित गरिसकेका छौँ । राजस्व वृद्धिका क्षेत्रमा प्रदेश सरकार सफल भएको छ ।” मुख्यमन्त्री आचार्यले स्थायी इञ्जिनियर जनशक्ति तयार पार्ने योजनाका साथ प्रदेश सरकार अघि बढिरहेको जानकारी दिए । उनले राष्ट्रको समुन्नतिको साँचो इञ्जिनियरहरूको हातमा रहेको बताए ।

प्रदेश सरकारले पारदर्शी, जनउत्तरदायी र परिणाममुखी शासन प्रणाली विकास गर्न प्राथमिकता दिएको उल्लेख गर्दै उनले इञ्जिनियरहरूको ज्ञान, दक्षता र सहकार्य यस अभियानमा अपरिहार्य रहेको बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १० : ३२ बजे

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर– यहाँको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही

दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५ करोड

को हुन् कोहलीको कीर्तिमान तोड्ने पाकिस्तानी ओपनर फरहान ?

काठमाडौँ – पाकिस्तानका ओपनर साहिबजादा फरहानले भारतीय क्रिकेटका हस्ती विराट

महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ

भैरहवा– शुद्धोधन गाउँपालिका–१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा

रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय