बागमती सरकारका चार मन्त्री पदमुक्त | Khabarhub Khabarhub

बागमती सरकारका चार मन्त्री पदमुक्त


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले कांग्रेसका चारजना मन्त्रीलाई पदमुक्त गरेका छन्।

संविधानको धारा १६८ (९)(ख)अनुसार मुख्यमन्त्री लामाले सोमबार उनीहरूलाई पदमुक्त गरिएको जानकारी दिएका हुन्। तर, उनले पदमुक्त गर्नुअघि नै मन्त्रीहरू सुरजचन्द्र लामिछाने, मदुकुमार श्रेष्ठ, मिनकृष्ण महर्जन र बिमल ठकुरीले राजीनामा दिइसकेका थिए ।

चार मन्त्रीले शुक्रबार बिहानै मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका थिए। साथै, उनीहरूले नेपाली कांग्रेस संसदीय दलको नेता इन्द्रबहादुर बानियाँलाई समर्थन जनाउँदै मुख्यमन्त्री लामा विरुद्ध अविश्वास प्रस्ताव समेत दर्ता गराएका छन्।

बागमती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेसका २१ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। प्रस्तावमा राजीनामा दिने चारै जना मन्त्रीको नाम पनि समावेश छ।

राजनीतिक रूपमा सक्रिय हुँदै गएको बागमती प्रदेशमा सत्ता समिकरण फेरिने संकेत देखिएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १० : ०९ बजे

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका