तीजको दरमा के खाने के नखाने ? « Khabarhub

तीजको दरमा के खाने के नखाने ?


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु नारीको महत्त्वपूर्ण पर्व हरितालिका तीजको पहिलो दिन आज दर खाएर मनाइँदै छ। भोलि व्रत बस्ने भएकाले परापूर्वकालदेखि नै अघिल्लो दिन नै दर खुवाउने प्रचलन रहेको छ। आजभोलि महिनौं अघिदेखि नै दर खाने र रमाइलो गर्ने चलन बढ्दो छ। तर तीज भन्दा एक दिन अगाडि दर खाने चलन रहिआएको छ। विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितले सुयोग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट बनेका मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ।

दर के हो ?
सामान्यतया मिठो, मसिनो अलि विशेष खाने कुरालाई दर भनिन्छ। दर खाने दिन चेलीबेटी बोलाएर दर खुवाउने गरिन्छ। माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन्।

दर खाने भनेको व्रतको अघिल्लो दिनमा नै हो। तर, अहिले एउटा व्यक्ति बाहिर हिँड्ने, काम गर्ने साथी बनाउने भएकोले नाता, गोता बढाउने वा कुनै संघ संस्थामा कार्यरत भएकोले यो सबै ठाउँमा सम्मानपूर्वक दर खुवाउन थालिएको छ। साथमा आत्मियता बढाउन पनि यो केही अगाडिबाट खुवाइदै आएको देखिन्छ। तर, खासमा दर खाने त तीजको एक दिन अगाडि नै हो।

दर खुवाउन मान्छे बोलाउँदा सबैलाई विशेष खाना खुवाउनुपर्छ भन्ने धारणा छ। दाल, भात त सधै खाएको हो। तीजमा बाहिर बजारमा खानेकुरा नखानु राम्रो हुन्छ। त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खाने गर्नुपर्छ।

दरमा के के खाने ?
हामी सधैं दाल, भात तरकारी खान्छौँ। दरमा चाम्रे, आलुको कवाब, ढकनी, खिर, पुलाउ सधैँ नखाने राम्रो खाना खाँदा राम्रो हुन्छ। घरमा सबै व्यक्तिले खुसीले खाने चिज के हुन्छ। त्यो आफ्नै घरमा नै बनाएर खाने हो। बाहिर भएको त्यही खाना पनि घरमा सफासँग ताजा रुपमा बनाएर खाँदा राम्रो हुन्छ।

साँझ वा राति भन्दा बिहान नै मजाले खाने गर्नुपर्छ। धेरै चिल्लो खाना खानु हुँदैन घिउहरू आफ्नो स्वास्थ्यले के कति पचाउन सक्छ ? त्यति मात्र खानुपर्छ। दिउँसो पुरी तरकारी सेल फुरौला कसको कस्तो चलन छ, त्यही खाँदा हुन्छ। बेलुका कतिको घरमा नर्मल खाना खाएर काँडा खाने चलन छ। काँडा भनेको घिउमा मिस्री भुटेर पनि खान्छन्। कसैले सादा पानीमा मिस्री हालेर बाह्र मसला हालेर खाने हो। कसैले बाक्लो दूध बनाएर पनि खान्छन्।

तीजका आफ्नै रमाइला चलन छन् । दर राति नखाए मजा नै हुँदैन भन्ने पनि धेरै हुनुहुन्छ। त्यसैले राति उठेर पनि खान्छन्। यसरी राति खाएको खाना शरीरमा राम्रोसँग पच्दैन। त्यो राति खाएर निदाउन सकिँदैन। त्यसैले नखाँदा नै राम्रो हुन्छ।

दरमा चिल्लो र प्रोटिनको मात्रा बढी हुन्छ। त्यसले गर्दा हामीले गेडागुडी खाने गर्नुपर्छ। जसले गर्दा छिटो पच्दैन र चाँडो भोक लाग्दैन। घिउँ ठिक्क खाने त्यसले पनि चाँडो भोक लाग्दैन। कतिपय प्रेसरका बिरामी कोलेस्ट्रोल भएका, रक्तस्राव भएका मानिसले चिल्लो कम खाएर सागपात खाने गर्नुपर्छ। पोषणविद् उमा कोइरालासँगको कुराकानीका आधारमा

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ८ : १० बजे

विश्वकप लिग-२: अन्तिम ओभरको रोमान्चक खेल : युएईमाथि स्कटल्यान्ड १ विकेटले विजयी

काठमाडौँ – ज्यास्पर डेभिडसनले खेलको अन्तिमभन्दा एक बल अगाडि चौका

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति

साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार०का लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६